शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रसियन आर्मीमा भर्ती गराएको आरोपमा चारविरुद्ध मुद्धा दायर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रसियन आर्मीमा भर्ती गराएको आरोपमा चारविरुद्ध मुद्धा दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ।

रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा सुरुमा १२ जना र पछि २ जना गरी १४ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका मध्ये ३ जना र १ जनालाई फरार प्रतिवादी बनाएर ४ जनाविरुद्ध ठगीको कसुरमा मुद्धा दायर गरिएको थियो। पक्राउ परेका अर्का १ जना तेह्रथुमको मेन्छायाम गाउँपालिका– ५ का ३२ वर्षीय शंकर ल्म्बिूविरुद्ध भने मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको थियो।

उनीबाट सुरु भएको मानव बेचबिखनको अनुसन्धानले बृहत् रुप लिँदै विमानस्थलको अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, मोरङको बेलबारी नगरपालिका–११ घर भएका ३२ वर्षीय रबीन घिमिरे र मोरङकै सुन्दरहरैचा नगरपालिका–११ का गोविन्द रिमालविरुद्ध मुद्धा दायर गरिएको छ। शंकरमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुको पनि संलग्नता देखिएपछि उनीहरुलाई पनि प्रतिवादी बनाइएको हो।

खड्काले यसअघि नै नक्कली डकुमेन्टको आधारमा सेटिङमा भिजिट भिसामा विभिन्न देशमा मान्छेहरु पठाउने गरेको आरोपमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा कीर्तेको कसुरमा मुद्धा दर्ता भएर सुनुवाइकै क्रममा रहेको छ।

योसँगै अध्यागमनका अधिकृत खड्काको संलग्नता मानव बेचबिखनमा पनि देखिएपछि अर्को मुद्धा पनि दायर भएको छ। शंकर लिम्बू र घिमिरे र रिजालसहितको सेटिङमा शाखा अधिकृत नरवीरले रसियन आर्मीमा लागि नेपालीहरुलाई पठाउने गरेको पाइएको छ।

रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा पक्राउ परेकामध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता, १ जना फरार प्रतिवादी
ढाँटेर रोजगारीका लागि भनेर रसिया पठाउने र त्यहाँ पुगेपछि रसियन आर्मीले नियन्त्रणमा लिएर बाहिर निस्कन समेत नदिइ बन्धक बनाएर जबरजस्ती रसियन आर्मीमा भर्ना गराएर युक्रेनविरुद्ध लड्न लगाएको आरोप लगाइएको छ।

यी ४ जना मिलेर नेपाल प्रहरीकै एक बहालवाला कर्मचारीलाई रसिया पुर्‍याएर रसियन आर्मीमा भर्ना गराएको आरोप लागेको छ। युक्रेनसँगको लडाइँमा घाइते भएर अस्पताल भर्ना भएको बेलामा ती व्यक्ति अस्पतालबाटै भागेर रसियास्थित नेपाली दूतावास पुगेका थिए। दूतावासमार्फत् नेपाल फर्किएपछि उनले शंकरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा अध्यागमनका अधिकृत खड्कासहितका व्यक्तिको संलग्नता खुलेपछि मानव बेचबिखन तथा ओसार पसारको कसुरमा मुद्धा दायर गरिएको हो।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

९ घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक