सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दलभन्ज्याङसम्मको सडकमा कालोपत्रे हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दलभन्ज्याङसम्मको सडकमा कालोपत्रे हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा । निर्माण कम्पनीले कामको भुक्तानी नपाएपछि जिल्लामा निर्वाचन क्षेत्र सडक अन्तर्गतका योजनाको काम रोकिएको छ ।कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतीको काम निर्माण कम्पनीहरुले रोकेका हुन् ।

गोरखा निर्वाचन क्षेत्रनम्बर १ अन्तरगतको गण्डकी गाउँपालिका(५ दर्वुङफाँटदेखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिब दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।

भुक्तानी नपाएकै कारण काम अघि बढाउन नसकिएको जेभीका जनक भट्टले जनाए । ‘गत वर्ष काम गरेको तीन करोड रकम भुक्तानी भएन, यो वर्षको साउनमा जम्मा एक करोड दियो,’ उनले भने, ‘बजेट सुरक्षित नभएपछि काम बन्द गरेका हौं,’ करिव ६ महिनादेखि काम रोकिएको उनले जानकारी दिए ।

कार्यालयसँग भुक्तानी माग्दा केन्द्रबाटै नआएको भन्दै आलटाल गर्ने गरेको उनले जनाए । ‘कार्यालयसँग काम गरेको पैसा माग्दा माथिबाटै पठाएको छैन भन्छ, गरेको कामको त पैसा पाइएन अव थप काम गर्दा पैसा आउने त आश नै भएन,’ उनले भने ।

आर्थिक अभावकै कारण काम सुरु गर्न नसकेको बताउँदै उनले थपे, ‘गरेको कामको मात्र पैसा पाएपनि काम सुरु गर्न हुन्थ्यो, बैकको ब्याज हाल्न सकेको छैन, माल त्यत्तिकै स्टक बसेको छ, करौडौंको गाडी घोडा यतिकै फाल्टु बसेको छ, कार्यालयले काम गर्नुस् हामी पैसा दिन्छौ पनि भन्न सकेको छैन ।’

उक्त सडक कालोपत्रेका लागि गोरखा सडक योजना र रायमाझी नवकान्तिपुर जेभीसँग २०७९ असार १० गते सम्झौता भएको हो ।

दुई वर्षमा काम सक्ने गरी सम्झौता भएपनि भुक्तानी गर्न नसक्दा काम प्रभावित बनेको छ । नौ किलोमिटर कालोपत्रे गर्नुपर्ने उक्त सडकको हालसम्म ५२ प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । योजनाको कुल लागत २४ करोड ८२ लाख रहेको छ ।

यता निर्वाचन क्षेत्रनम्बर २ अन्तरगत घ्याम्पेशाल ताकुकोट हुडिखोला स्वाँरा सौरपानी रन्चोक पोखरी हुँदै बारपाक सडक स्तरोन्नतीको जिम्मा पाएको पिआररनाना रिनाइसेन्स जेभीले यो वर्ष बजेट सुनिश्चित नभएका कारण काम गर्न अन्योल भएको जनाएको छ ।

रकम अभावकै कारण काम अघि बढाउन नसकिने जेभीका भुपेन्द्र पौडेलले बताए । ‘हाम्रो शीर्षकमा पैसा छैन भनेर कार्यालयले भनेको छ, कार्यालय प्रमुखले काम गर्नुस् पैसा ल्याउछु त भन्नुभएको छ सामान उधारो पाइदैन काम गर्न सकिएला जस्तो छैन,’ उनले भने ।

उक्त सडक स्तरोन्नतीका लागी पनि २०७९ असार ९ गते सम्झौता भएको हो । कामको भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीले कामलाई द्रुत रुपमा अघि बढाउन सकेको छैन ।

दुई वर्षमा सक्नुपर्ने उक्त योजनाको हालसम्म २२ प्रतिशत मात्र भौतिक प्रगति रहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको हो ।

कार्यालय प्रमुख अमिन्द्र खड्काले पनि निर्माण व्यवसायीलाई काम अनुसारको भुक्तानी दिन नसक्दा काम हुन नसकेको स्वीकार गरे । ‘यो वर्ष दुवै योजनाका लागी एकरएक करोड रकम विनियोजन भएको थियो, अघिल्लो बर्षकै भुक्तानी दिन बाँकी भएकाले त्यही रकम बाँडिदियौं, अब पैसा छैन, ठेकेदारलाई काम गर भनेर भन्न पनि सकेको छैन,’ उनले भने ।

रायमाझी नवकान्तिपुर जेभीलाई कामको दुई करोड रकम भुक्तानी गर्न अझै बाँकी रहेको उनले बताए । ‘काम सुरु गर्नु भनेर निर्माण कम्पनीलाई फोन गर्न पनि के भनेर गर्नु, पैसा माग्नुहुन्छ, यता कार्यालयमा पैसा छैन,’ उनले भने ।

भुक्तानी दिन नसकेकै कारण निर्माण व्यवसायीले ठेक्का तोड्ने चेतावनी समेत दिने गरको उनले जनाए ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

१३ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक