शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मस्को । रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय सुनाएका उनका समर्थकहरूले बताएका छन् ।

यो रुसका विरोधविरुद्ध कडा सजायहरूको शृङ्खलामा नवीनतम कदम हो । सन् २०२२ मा क्रेमलिनले युक्रेनमा सैन्य कारवाही सुरु गरेपछि नागरिक समाजको दमनलाई दोब्बर पारेको छ । उनका समर्थकहरूको टेलिग्राम च्यानलले भनेको छ, “न्यायाधीश खुद्याकोभले चरमपन्थीको आरोपमा केसेनिया फादेयेभाविरुद्ध नौ वर्षको सजायको आदेश दिएका छन् ।” उनीहरूले प्रतिरक्षाका लागि पुनरावेदन गरिने बताएका छन् ।

वकिल तथा समर्थकहरूले उक्त मुद्दाको निन्दा गर्दै देखावटी भनेका छन् । “यो मुद्दामा जे भएको छ त्यसको न्यायसँग कुनै लिनुदिनु छैन”, वचाउ पक्षलाई ‘धम्काइएको’ भन्दै वकिल सिमान भोदनेभले एसओटिए मिडियाद्वारा पोस्ट गरिएको भिडियोमा भने ।

उनले फैसलालाई ‘गैरकानूनी, निराधार र अनुचित’ भन्दै भने, “मैले पनि मनको कुरा भन्नबाट बच्नुपर्छ अन्यथा म स्वयंलाई केसेनियाको जस्तै इजालसमा पाउनेछु ।” एकतीस वर्षीया फादेयेभाले टम्स्कमा नभाल्नीको राजनीतिक कार्यालयको नेतृत्व गर्नुहुन्थ्यो । सन् २०२० अगस्टमा निर्वाचनअघि विपक्षी नेता नभाल्नीलाई विष दिइएको थियो । फादेयेभा सन् २०२० मा टम्स्क सहरको विधायिकामा निर्वाचित भएका थिए । उनको विजयलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनविरुद्ध रुसी विपक्षीको जीतका रूपमा हेरिएको छ ।

यद्यपि अधिकारीहरूले सन् २०२१ मा समूहलाई ‘चरमपन्थी सङ्गठन’ भनेका छन् । यसबाट उक्त समूहका सदस्य तथा समर्थकमाथि मुद्दा चलाउने मार्ग प्रशस्त गरेको छ । नभाल्नीका धेरै सहयोगीहरूले समूह छाडे तर फादेयेभाले भाग्न अस्वीकार गरे र सन् २०२१ डिसेम्बरमा ‘चरमपन्थी’ समूहलाई सङ्गठित गरेको आरोपमा उनलाई हिरासतमा लिइयो । भ्रष्टाचारविरोधी फाउन्डेसनले फैसलाप्रति प्रतिक्रिया दिँदै भनेको छ, “केसेनियाले कुनै अपराध गर्नुभएको छैन, उहाँ साहसी राजनीतिज्ञ हुनुहुन्छ, उनी पुटिनको भ्रष्ट शासनविरुद्ध लडिरहनुभएको छ ।” मस्कोले ‘आतङ्कवादी’ तथा ‘चरमपन्थी’ निकायहरूसम्बन्धी कानूनको प्रयोग आलोचकहरूलाई वर्षौंको कारागार सजाय दिन गरेको छ ।

यसमा स्वयं नभाल्नी पनि परेका छन् । जर्मनीबाट फर्किएपछि ठगीको आरोपमा सन् २०२१ मा कारागार जानुअघि नभाल्नीले विशाल राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए । जर्मनीमा उनले विषाक्त आक्रमणको उपचार गराएका थिए । सन् २०२३ मा चरमपन्थीको आरोपमा उनको सजायलाई १९ वर्षसम्म बढाइएको छ । हालै उनलाई रुसको आर्कटिकमा एउटा पेनल कोलोनीमा स्थानान्तरण गरिएको छ । रासस

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

११ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक