शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार जनशक्ति आवश्यक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार जनशक्ति आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लेखनाथ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ । अहिले देशवासीलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार स्वास्थ्यका जनशक्ति आवश्यक भएको उहाँले उल्लेख गर्नुभएको हो ।

पोखरामा आइतबार भएको कार्यक्रममा नेपाल डेमोग्राफिक हेल्थ सर्भेको प्रदेश स्तरीय तथ्याङ्क सार्वजनिकिकरण कार्यक्रम उहाँले अहिले ३१-३२ हजार जनशक्ति रहेको आङ्कलन गर्दै सबै जनशक्ति एक पटक आपूर्ति नभए पनि अब सहज हुँदै जाने प्रतिबद्धता जनाउनुभयो । “अहिले सङ्घीय सरकारमात्र होइन, प्रदेश र स्थानीय तहहरूले पनि स्वास्थ्यका जनशक्ति भर्ना गर्न थालेका छन्,” मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन बितिमले पनि थोरै रकम तिर्नुपर्ने, मिलेमतो हटाउने लगायतका प्रयास थालिएको प्रस्ट पार्नुभयो । “व्यवहारिक रूपमा बिमा प्रभावकारी बनेको छैन । एक ठाउँमा बिमा गरेपछि सबैतिरका अस्पतालमा सेवा पाउने, मिलेमतो हटाउने संयन्त्र बनाउँदै छौँ,” उहाँले भन्नुभयो ।

जनस्वास्थ्य क्षेत्रलाई सुधार्न तीन तहकै सरकारबिच सहकार्य जरुरी भएको उहाँको भनाइ छ । स्थानीय सरकारहरूले आधारभूत स्वास्थ्य सेवा र जनचेतनामा काम गर्न सक्ने, प्रदेशले समन्वय गर्ने र सङ्घले आवश्यकता अनुसारको बजेट, पूर्वाधारमा ध्यान दिने गरी सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

चैतमा छात्रवृत्तिका चिकित्सकहरू आएपछि प्रदेश र स्थानीय तहमा पठाइने उहाँले जनाउनुभयो । अब सङ्घ, प्रदेश र पालिकाहरूको आवश्यकता अनुसारका विशेषज्ञ चिकित्सकलाई छात्रवृत्ति दिने रणनीति अपनाइने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला सहभागी थिए । सहभागीहरूले स्वास्थ्य बिमा प्रभावकारी नभएको, औषधिको आपूर्ति सहज नभएको, पालिकाहरूमा अस्पताल निर्माण र सञ्चालन गर्न सहज नभएको औँल्याएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

११ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक