काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एन्ड लाउन्जबीच समझदारी भएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने गरी समझदारी भएको हो । सिटिजन्स बैंक र जुकोट दरबार रेस्टुरेन्टबीच समझदारी बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले जुकोट दरबार थकाली रेस्टुरेन्ट एन्ड लाउन्जमा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

