सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय र प्रदेश सभा सचिवालयबाट पठाइएको नामावली रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।

सात वटै प्रदेशका ५५० प्रदेश सभा सदस्य मतदाता रहने व्यवस्था छ । ७५३ स्थानीय तहका एक हजार ५०६ जना प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता छन् । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “प्रदेश सभा र स्थानीय तहमा मृत्यु भएका र निलम्बनमा परेकाको अध्ययन हुँदै छ । रुजु भइसकेपछि आयोगले सार्वजनिक गर्ने छ ।”

आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम पुस २० गते मतदाता नामावली प्रकाशन हुनुपर्ने छ । उहाँले सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रमबमोजिम नै प्रकाशन गर्ने भए पनि आयोगले त्रुटि सच्याउन वेबसाइटमा राख्न लागेको बताउनुभयो ।

आयोगको कार्यक्रमबमोजिम सम्बन्धित प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ । त्यसअघि पुस २० गते प्रकाशन भएको नामावलीउपर दाबीविरोधका लागि उजुरी दिन सक्ने कार्यक्रम छ । यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी अन्तिम निर्णय गर्ने छ । राष्ट्रिय सभा सदस्यमा पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ एवं प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ ।

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेकाे बैठक लगातार तीन वटा बैठक

१७ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक आज बस्दै

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक