बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

युवामा देखिएका निराशा अन्त्य गर्नु जरुरी : सभामुख घिमिरे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
युवामा देखिएका निराशा अन्त्य गर्नु जरुरी : सभामुख घिमिरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामा बढ्दै गएको निराशा अन्त्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि युवामैत्री नीति तथा कानुन र योजना निर्माण गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

प्रतिनिधिसभा देशमा बढ्दो बेरोजगारी, युवामा बढेको निराशा अन्त्य गर्ने विषयमा गम्भीर रहेको र त्यही अनुसारका कानुन निर्माणलाई प्राथमिकता दिँदै आएको पनि उनले बताए । ‘सक्षम युवा, सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नाराका साथ शुक्रबारदेखि बुटवलमा सुरु भएको नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सभामुख घिमिरेले देशको विकास र आर्थिक विकासका लागि युवाको परिचालन र योगदानको खाँचो रहेको बताए ।

‘देशको युवा शक्तिको अधिकतम प्रयोगबिना अहिलेको निराशा अन्त्य हुँदैन,’ उनले भने, ‘त्यसका लागि पहिलो प्राथमिकता युवामैत्री कानुन निर्माण र योजनाको तयारी हो, त्यसमा संसद् गम्भीर र प्रतिबद्ध छ ।’

युवाहरुलाई प्रत्यक्ष जोडेको जेसिजका अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उनले बताए । उनले जेसिजको मूल्य मान्यतालाई सबै युवाहरुले आत्मसाथ गरेर पालना गर्न पनि सुझाव दिए ।

सभामुख घिमिरेले जेसिजभित्र एक पटकमा एउटा मात्र पदको जिम्मेवारी र नेतृत्व पाउने विधि अन्य संघ संस्थाले पनि अनुकरण गर्नु पर्ने बताए । जेसिजमा १८ वर्षदेखि ४० वर्ष उमेर हद लागू हुनु पनि आफैंमा सकारात्मक अभियान भएको उनले बताए । ‘त्यो नेपाली राजनीतिमा पनि कार्यान्वयन भए धेरै सुधार हुन्थ्यो होला,’ उनले भने, ‘नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेका नेताहरुले पनि जेसिजबाट सिक्नुपर्छ ।’ उनले पछिल्ला वर्षहरुमा राजनीतिमा युवा आकर्षण बढेको र त्यसले विदेश पलायन रोक्न सहयोग गर्नु पर्ने बताए ।

नेपाल जेसिजका पूर्वअध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिसको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताए । सोमबारसम्म चल्ने जेसिजका लागि देशभरबाट झण्डै ५ सय प्रतिनिधि र पर्यवेक्षक बुटवलमा भेला भएका छन् । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने राष्ट्रिय अध्यक्ष विकास मानन्धरले बताए ।

यो पनि पढ्नुहोस्

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

४ घण्टा अगाडि
देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक