आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संक्रमणकालीन न्याय र गणतन्त्रका १६ वर्ष !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दोस्रो जनआन्दोलनको करिब २ दशक र गणतन्त्र स्थापनाको १६ वर्ष बिते पनि देशमा अहिले पनि संक्रमणकालीन न्यायको विषय चुनौतीपूर्ण बनेको छ । माओवादीको तत्कालीन जनयुद्धको क्रममा राज्य तथा विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई न्याय दिनका लागि विभिन्न निकाय गठन र बेलाबेलामा राजनीतिक प्रतिबद्धता भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा पीडित वर्ग सडक र अदालतसम्म धाउनुपर्ने अवस्था आएको छ । युद्धको क्रममा मारिएका, बेपत्ता पारिएकाहरुका परिवारले आफ्ना आफन्तको न्याय मागेको वर्षौं भइसक्यो । यसबीचमा युद्धमा नै संलग्न भएको माओवादीले पटकपटक सरकारको नेतृत्व पनि गरिसकेको छ । तर, संक्रमणकालीन न्यायको विषयलाई भने टुंग्याउन सकेको छैन ।

हालै मात्र माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन आफूले लगातार पहल गरिरहेको जनाए । पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकाललाई निष्कर्षमा पु¥याउन आफूले आमराष्ट्रिय सहमति बनाउनका लागि पहल गरिरहेको उनको भनाइ थियो । उनले संक्रमणकालीन न्याय टुगोमा पु¥याउन ढिलो भइरहेको पनि स्वीकार गरे । साथै, विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी यो कार्यलाई छिट्टै निष्कर्षमा पु¥याउने उनको प्रतिबद्धता थियो ।

हाल सरकारको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । तेस्रो पटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई द्वन्द्वकालीन मुद्दाले हालसम्म छोडेको छैन । देशभित्र नै एक पक्षले विभिन्न मुद्दामा प्रचण्डलाई दोषी भएको आरोप लगाइरहेका छन् । विशेषगरी जनयुद्धको नेतृत्व गरेकाले त्यो समयमा भएका घटनामा प्रचण्डलाई आरोप लगाउने प्रवृत्ति छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय रुपमा पनि माओवादी र यसको नेतृत्वको सरकारलाई बाह्य शक्तिले यही मुद्दालाई देखाएर दबाब र प्रभावमा पार्ने गरिएको छ । यसले पनि माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दाले आफूहरुमाथि जुनसुकै बेला कारबाही होला कि भन्ने त्रासमा छन् । यसको असर भने उनीहरुले सरकारको नेतृत्व गर्दा सरकारकोकामकारबाहीमा पर्ने गरेको छ । देशभित्र र बाहिरबाट द्वन्द्वकालीन मुद्दामार्फत उनीहरुलाई त्रास देखाउँदा यसले सुशासनको पक्षमा पनि ठूलो असर गरेको छ ।

द्वन्द्वकालीन मुद्दालाई सल्टाउन भनेर सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि लामो समयदेखि संसदमा अलपत्र छ । यसमा विभिन्न समिति, उपसमितिमा छलफल चलिरहे पनि अझै टुंगोमा पुग्न सकेको छैन । द्वन्द्वकालीन मुद्दा भनेको हाम्रो आन्तरिक समस्या हुन् । यसलाई चाँडैभन्दा चाँडै टुंगोमा पु¥याउन सके यसले पीडितलाई पनि न्यायको अनुभूति हुन सक्छ भने यससँग जोडिएका पक्षमा पनि आश्वस्त हुन पाउँछन् । माओवादी र राज्य जोडिएका यी मुद्दाहरुको भार हटेमा नेतृत्वले आफ्नो लक्ष्यअनुसार काम गर्न पाउँछन् । उनीहरुले अनावश्यक त्रास र दबाब खेप्नुपर्दैन । त्यसकारण विधेयक पारित र द्वन्द्वकालीन मुद्दा टुंगोमा पु¥याउन सबै दल एकजुट हुन आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

५५ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक