सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धमाधम छिमेकी मुलुक भारततर्फ जान थाले

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
धमाधम छिमेकी मुलुक भारततर्फ जान थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

बाजुरा । बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ ।

कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्सातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।

“असार–साउनमा बर्खे धान/कोदो खेती रोपेर जान्छौँ, त्यसपछि फेरि खेती उठाउन दसैँतिहारमा घरमा आउँछौँ,” उहाँले भन्नुभयो, “अनि दसैँतिहारपछि गहुँ छर्ने काम सकिएपछि फेरि कामका लागि भारतमा जान्छौँ।” बर्खाको खेती घरमा राख्ने र हिउँदको खेती गहुँ छर्ने काम सकाएपछि यहाँ अधिकांश लोग्ने मान्छे कामको खोजीका लागि भारतमा जाने चलन छ । हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायत स्थानीय तहका पुरुष महिला कामका लागि भारत जाने गर्द छन् ।

स्थानीय सरकारले विकास निर्माण काममा एक्साभेटर प्रयोग गर्ने भएकाले पनि गाउँमा काम गर्ने अवसर नपाएर धेरै युवा कामको खोजीमा भारत तथा नेपालका विभिन्न सहर जाने गरेको बडीमालिका नगरपालिका–५ मनाका स्थानीय पदक साउद बताउनुहुन्छ ।

गाउँमा आउने कुनै पनि योजना सम्पन्न गर्न उपभोक्ता समिति आफू अनुकूल बनाउने र डोजर लगाई विकास निर्माणका काम गर्ने भएकाले पनि कामकै खोजीमा पुरुष मान्छे जिल्लाबाहिर जाने गरेको भनाइ उहाँको छ । स्थानीय सरकारले भने पछिल्लो समय गाउँमा रहेको बाँझो जमिन सदुपयोग गर्न कृषि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

युवालाई गाउँमा रोजगारी दिन नसक्दा बेरोजगारीको सङ्ख्या बढ्दै गएको नागरिक अगुवाको गुनासो छ । पछिल्लो समय तरकारी खेती, बाख्रापालन, कुखुरापालन, फलफूल खेतीलगायतका कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएको बुढीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

३० मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक