शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सांसद डाक्टर अमरेशकुमार सिंहले प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ ।

साेमबार अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । ‘प्रतिनिधिसभा सदस्यले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेको र त्यो सबै अडियो तथा भिडियो प्रमाण आफुसँग सुरक्षित रहेको र समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्ति दिनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

देशको प्रधानमन्त्रीप्रति लक्षित त्यस्तो अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री,मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरू जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको प्रष्ट हुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘यो समग्रमा राष्ट्रको शिर निहुराउने लज्जाको बिषय रहेको अनेरास्ववियुको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधीमा संलग्न जो कोहि भए पनि छानबिनको दायरामा ल्याई दोषि उपर कानून बमोजिम कडा भन्दा कडा कारवाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियु जोडदार माग गर्दछ ।

यस सम्बन्धमा शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधि उपर मुकदर्शक बनिरहे अनेरास्ववियु भ्रष्टाचार, अनियमितता र कमिशनतन्त्रको भण्डाफोर गर्दै सरकार बिरुद्ध कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरू गर्न वाध्य हुनेछ ।’ अनेरास्ववियुले देशको खस्किदो अर्थतन्त्र तथा आम जनताको राजनीति र सरकार प्रति दिनानुदिन बढ्दो वितृष्णाको विचमा सिंहदरबार र बालुवाटारमा बसेर यस्ता गतिविधिहरू नगर्न र नगराउन चेतावनी पनि दिएको छ ।

यो पनि पढ्नुहोस्

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक