बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

राष्ट्रियसभाका कांग्रेस नेता रायमाझीले भने- अध्यक्षमा टेस्टेड व्यक्तिलाई पठाउने काम छैन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रियसभाका कांग्रेस नेता रायमाझीले भने- अध्यक्षमा टेस्टेड व्यक्तिलाई पठाउने काम छैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ- राष्ट्रियसभाका कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको आगामी अध्यक्षको लागि चर्चामा आएका नामहरुमा असन्तुष्टि जनाएका छन्। राष्ट्रियसभा अध्यक्षसहित २० सिटको लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदको चर्चा भइरहँदा रायमाझीले असन्तुष्टि जनाएका हुन्। अध्यक्षमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व उपसभापति गोपालमान श्रेष्ठको नाम चर्चामा छ।

रायमाझीले देश सञ्चारसँग भने, ‘हिजो चुनाव लडेका मान्छे,समानुपातिकमा परेका मान्छे, राजनीतिमा उनीहरुलाई मात्रै पटक पटक मौका दिने होइन,पार्टीमा निरन्तर रुपमा काम गरेर पनि अवसर नपाएकालाई दिने हो। युवा पुस्तालाई अघि बढाउने हो। राष्ट्रियसभाको अध्यक्ष बन्न भनेर कांग्रेसका जुन जुन नेताहरुको चर्चा भएको छ उनीहरु भनेको टेस्टेड भएर फेल भइसकेकाहरु हुन्। फेरि तिनै दोहोर्‍याउने  काम छैन, म यो वा त्यो पात्र बन्नु पर्छ भनेर नाम नै तोक्दिन तर क्षमतावान व्यक्तिलाई छान्नुपर्छ।’

रायमाझीले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यक्ति पनि प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने हुनुपर्ने देश सञ्चारसँग बताए। एमालेबाट बाहिरिएका ९ सिटमध्ये ६ जना कांग्रेसका हुनुपर्ने उनले दाबी गरेका छन्। यसपटक कांग्रेसका ४ सिट खालि हुन लागेका हुन्।

खालि हुन लागेका ४ र बाँकी दाबी गरिएका ६ सिट गरी कांग्रेसले कुल १० सिट पाउनुपर्ने उनको अडान छ।

उनले राष्ट्रिय सभा भनेको एउटा रचनात्मक काम गर्ने संवेदनशील सभा भएकाले बौद्धिक तर्क गर्न सक्ने नेतालाई पठाउन नेतृत्वलाई आग्रह गरेका छन्।

रायमाझीले आफ्नो कार्यकाललाई स्मरण गर्दै भने, ‘मेरो ६ बर्षे कार्यकालमा सत्तापक्ष र प्रतिपक्षी दुवै भूमिका निभाउन पाएँ, दलको नेताको रुपमा पनि भूमिका गरेँ। आफूले जति भूमिका निभाउन सक्छु भन्ने लाग्थ्यो, त्यो भन्दा बढी भूमिका निभाएँ।’

राष्ट्रियसभाका नयाँ सदस्य छान्ने सन्दर्भमा रायमाझी ‍भन्छन्, ‘पार्टी सभापतिको नेतृत्वमा रहेको संसदीय बोर्ड छ, त्यो बोर्डले पार्टीमा योगदान पुर्‍याएका र  अवसर नपाएकालाई स्थान दिनुपर्छ। राष्ट्रियसभामा आएर थन्किने र एसलाई एस मात्रै भन्ने खालका भन्दा पनि आफ्नो विवेक पनि प्रयोग गर्न सक्ने हुनुपर्‍यो। कानुनका कुरा मनन र अध्ययन गर्ने प्रभावकारी रुपमा सभा सञ्चालन गर्न सक्ने व्यक्ति अध्यक्ष आउनुपर्छ,आज पार्टी सभापतिसँग छलफल भएको थियो , यस बिषयमा मैले खाका बनाएको छु, सभापतिसँग पनि अलिअलि कुरा भयो। हामी थप छलफलमा छौँ।’

रायमाझीको पनि यसपटक ६ बर्षे कार्यकाल सकिँदैछ।

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

१ दिन अगाडि
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक