शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जम्मु कश्मिरको विशेष दर्जा हटाउने निर्णय वैध ठहर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जम्मु कश्मिरको विशेष दर्जा हटाउने निर्णय वैध ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० हटाउने सरकारको निर्णयलाई वैध ठहर गरेको छ ।

धारा ३७० ले जम्मु कश्मिरलाई विशेष दर्जा दिएको थियो । यो धारा अनुसार भारतीय संविधानको धारा १ बाहेक अरु कुनै पनि धारा त्यहाँ लागु हुँदैन थियो । जम्मु कश्मिरको आफ्नै अलग संविधान थियो ।

तर नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु कश्मीरमा राष्ट्रपति शासन कायम रहेको बेला सन् २०१९ मा धारा ३७० हटाउने निर्णय गरेको थियो ।

जसलाई लिएर अदालतमा रिट परेको थियो । त्यो रिटमा अदालतका ५ जना न्यायाधीशको इजलासले सुनुवाइ गर्दै सरकारको निर्णलाई बैध ठहर गरेको हो ।

अदालतमा आदेश सुनाउँदै प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले भने, ‘संविधानको धारा ३७० हटाउने राष्ट्रपतिको निर्णय संवैधानिक आदेश जारी गर्ने शक्तिको प्रयोगलाई वैध ठहर गर्छु ।’ अदालतले धारा ३७० युद्ध जस्तो स्थितिका लागि राखिएको एउटा अस्थायी प्रावधान हो भनेको छ ।

प्रधानन्यायाधीश चन्द्रचुडले भने, ‘राष्ट्रपति शासनको दौरान राज्यकोतर्फबाट लिएको केन्द्रको फैसलालाई चुनौती दिन सकिँदैन, धारा ३७० युद्धजस्तो स्थितिका लागि एउटा अन्तरिम प्रावधान हो, यसका अक्षरहरु देखेर नै थाहा हुन्छ कि यो अस्थायी प्रावधान हो ।’

अदालतले भारतमा विलय भइसकेपछि जम्मु कश्मिरसँग आन्तिरक संप्रभुताको अधिकार न हुने फैसला गरेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अदालतले जम्मु कश्मिरबाट लद्दाखलाई अलग राख्ने सरकारको निर्णयलाई पनि वैध ठहर गरेको छ र त्यहाँ जतिसक्दो छिटो चुनाव गर्न आदेश जारी गरेको छ । यस्तै अदालतले जम्मु कश्मिरलाई राज्यकै रुपमा कायम राख्ने फैसलालाई निरन्तरता दिँदै त्यहाँ सेप्टेम्बरसम्ममा विधान सभा चुनाव गराउन आदेश जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सरकारले २०१९ मा धारा ३७० खारेज गर्दै जम्मु कश्मिरलाई दुई केन्द्र शासित राज्य बनाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा विनाशकारी भूकम्पबाट ९२० जनाको मृत्यु भएको पुष्टि

६ घण्टा अगाडि
जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक