पोखरा । मानव शरीरका विभिन्न अङ्गहरू दान गर्ने कुरा नौलो होइन । हरेक जसो अङ्ग दान गर्न थालिएका छन् । पोखरामा मानव शरीरको कपाल दान अभियान चलाइएको छ ।
वडा नम्बर १३ र मेलमिलाप युवा क्लबले संयुक्त रूपमा कपाल दान कार्यक्रम गरेको हो ।
शनिबार भएको कार्यक्रमबाट १६ जनाले कपाल दान गरेका क्लबका अध्यक्ष कीर्तन वाग्लेले जानकारी दिए । उक्त कपाल क्यान्सर रोगबाट मुक्त गराउने क्रममा कपाल गुमाएकाहरूलाई हस्तान्तरण गरिने छ ।
कपाल दान अभियान निरन्तर सञ्चालन गरिने वाग्लेले सुनाए । मिङ्मा फाउन्डेसन र हेयर क्राउनको सहयोगमा कपाल दान कार्यक्रम गरिएको हो ।