शुक्र, असार २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सन्दर्भ : भ्रष्टाचार दिवस – भ्रष्ट्राचार केहो र कसरी निर्मूल गर्ने ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रष्ट्राचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन !
त्यसैले यससन्दर्भमा  सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ ! कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रुपमा चिनिसकेपछी मात्र त्यसबारे के कस्तो धारणा बनाउने र त्यसप्रती के कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नु नै सचेत मानिसले अवलम्बन गर्ने सही विचार, बाटो, विधि र व्यवहार हो !
– भ्रष्टाचार भ्रष्ट चिन्तनको परिणाम हो !
– भ्रष्टाचार भ्रष्ट व्यवहार, आचरण र कृयाकलापको फल हो !
– भ्रष्टाचार गलत व्यवस्था, विधिविधान, नीतिनियमको नियती हो ।
– भ्रस्टाचार नीच नेता र स्वार्थी शासकहरुको कुविचार, कुनियत र कुकार्यजन्य शासन-प्रशासनको उपज हो !
– भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र समृद्धी विरोधी गतिविधी हो !
– भ्रष्टाचार एउटा सर्वाधिक संदिग्ध सोंच, शैली, संस्कार र संस्कृतिको सृजन हो !
– भ्रष्टाचार एक अनैतिक, अनियमित, अवान्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो !
– भ्रष्टाचार एक महाकुकृत्य हो, महा अपराध हो र महापाप हो !
तसर्थ यो अनिवार्यत: निच्च, तुच्छ र निन्दनीय मात्र होइन, त्याज्य र दण्डनीय समेत छ !
अब प्रश्न छ कि यसलाई कसरी निगरानी, निरुपण, नियन्त्रण, निवारण र निर्मूलन गर्न सकिन्छ त ?
– सदविचार र सदआचार, सही सिद्धान्त र सही व्यवहार, सादा शैली र सरल संस्कार तथा सर्वोच्च सभ्यता र समृद्ध संस्कृति अवलम्बन र अनुशीलन गरेर ।
– नैसर्गिक नीति, नियम, न्याय, नैतिकता र निर्देशनको प्राप्ती र पालना गरेर !
– शास्त्र र सिद्धान्तहरुको अध्ययन, समाज र संस्कारको अनुगमन, साहित्य र संस्कृतिको अनुसन्धान तथा सभ्यता र स्वच्छताको अवलम्बन गरेर !
– उन्नत समाज, उत्कृष्ट संस्कार, उत्तम सभ्यता र उपयुक्त सिस्टमको स्थापना, परिपालना र विकास-विस्तारमा जोड दिने शिक्षा-दीक्षा, शासन-प्रशासन, नीति-नियम, ऐन-कानून, विधी-विधान, संहिता-संविधान, आचार-संस्कार र पद्धति-प्रणालीको अनुकरण, अनुशरण र अनुशासन अवलम्बन गरे-गराएर ।
– निष्ठा-आस्था, लक्ष-उद्देस्य, ध्येय-आदर्श, नीति-नैतिकता जस्ता अमूल्य मूल्य-मान्यता र विचार-सिद्धान्तको अवलम्बन, संरक्षण र संबर्द्धनको औचित्य, महत्व र आवश्यकता बोध गरे-गराएर ।
– सुशिक्षा र श्लील साहित्य र सही सिद्धान्त स्वच्छ राजनीतिको माध्यमबाट सुन्दर समाज र सर्वोत्कृष्ट संस्कृती स्थापना गर्नको लागि दुख, कष्ट, त्याग, तपस्या र बलिदानका कीर्तिमानहरु कायम गरेर !
– समाजमा भ्रष्टलाई बाइ बाइ र स्वच्छलाई हाइ हाइ गर्ने संस्कार बसाएर !
– समाजिक योद्धा-अभियन्ता, राजनीतिक नेता-कार्यकर्ता र राज्यका शासक-प्रशासक आदि सार्वजनिक जीवनका व्यक्तित्व-नेतृत्वहरुले आफ्ना चिन्तन र चरित्रमा रुपान्तरण र पुन:संस्कार गरेर जीवन-व्यवहारमै सरलता, स्वच्छता, सदाचारिता, पारदर्शिता अवलम्बन गरेर !
– समाज र राज्यले भ्रष्टाचारप्रति शून्य सहनशीलताको र भ्रष्टाचारीलाई निर्मम कार्वाहीको नीति र कृति लागू गरेर !
यति गरेर जान सक्ने हो भने लाग्छ, भ्रष्टाचार निर्मूल नै हुन्छ, कथंकदा निर्मूप नै हुन नसके पनि पर्याप्त नियन्त्रण हुन्छ । यसरी मात्र भ्रष्टाचार विरुद्धको यो अन्तर्राष्ट्रिय दिवस मनाउनुको अर्थ र  औचित्य हुनेछ ।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

४ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक