बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल–भारत सीमा स्तम्भको मर्मत र रङ्गरोगन जारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल–भारत सीमा स्तम्भको मर्मत र रङ्गरोगन जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ ।

कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम शुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यसअघि २०७४र०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भको मर्मत गरेको थियो ।

अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमा स्तम्भको सरसफाइ, रङ्गरोगन र मर्मतको काम भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार दाङमा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ । उहाँका अनुसार नेपाल र भारतबीच भएको सहमतिका आधारमा सीमा स्तम्भ मर्मतको काम विभाजन गरेर थालिएको छ । यो सहमतिमा जोर अङ्कका सीमा स्तम्भ भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमा स्तम्भ नेपालले मर्मत गर्ने भन्ने थियो । दुई देशीय सम्झौताअनुसार बिजोर अङ्कका सीमा स्तम्भको मर्मत तथा रङ्गरोगनको काम नेपालको तर्फबाट भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै  ब्राजिल समूह विजेता 

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै ब्राजिल समूह विजेता 

३ घण्टा अगाडि
स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक