बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उच्च रक्तचाप नियन्त्रण गर्न बृहत् छलफल सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उच्च रक्तचाप नियन्त्रण गर्न बृहत् छलफल सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक । उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ। धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ।

उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो। विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ।

उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले बताइन्। उनका अनुसार अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रारम्भिक चरणमा न्यूनतम उपकरणसमेत प्रदान गरिएको छ।

यस्तै कार्यालयले तीन लाख ७२ हजार नौ सय ५१ नगरिकमध्ये उच्च रक्तचापको सम्भावित जोखिममा रहेका जिल्लाका ५० हजार ५० जनामध्ये पहिलो वर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य राखेको छ। जिल्लामा सन् २०२३ मे महिनाबाट उच्च रक्तचापसम्बन्धी नमूना कार्यक्रम सुरु गरिएको थियो। कार्यशालामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुने जनाइएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा खगेश्वर गेलालले नेपालमा नै नमूनाको रूपमा सुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गर्न योजना बनाइने बताए। उनका अनुसार नसर्ने रोगको प्रकोप बढिरहेकाले मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रमसँग सहकार्य गरी उच्च रक्तचाप नियन्त्रण गरिने छ।

नागरिकमा उच्च रक्तचाप बड्नुमा वातावरण प्रदूषण, बढी मात्रामा नुनको प्रयोग, बोसोयुक्त तथा अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन, बढ्दो जङ्कफुडको प्रयोग एवं जीवनशैलीमा सक्रियपनको कमी, मानसिक तनाव, धेरै मात्रामा रक्सी सेवन, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारक रहेको जनाइएको छ। यस्तै उच्च रक्तचापका कारण मुटु, मानसिक, मिर्गौलामा समस्याजस्ता घातक रोग लाग्ने भएकाले समय–समयमा आफ्नो स्वास्थ परीक्षण गराउनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

१५ मिनेट अगाडि
महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक