आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

निर्विकल्प पनि कुनै व्यवस्था हुन्छ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विज्ञानविरोधी तर्क !  कुनै बेला राजतन्त्र र राजाको जहानियाँ शासनविरुद्ध लडेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने नेताहरु अहिले यो व्यवस्थाको नै बचाउमा लाग्नुपर्ने अवस्था आएको छ विज्ञानविरोधी तर्क गरेर ।

बेलाबेलामा नेताहरुको भूमिका र संघीय व्यवस्थामाथि नै प्रश्न उठाएर प्रदर्शन हुन थालेपछि सरकार, तिनमा रहेका राजनीतिक दल र नेताहरु आफ्नो जिम्मेवारी पूरा गर्नभन्दा व्यवस्थाको वकालतमा उत्रिनु परेको हो । सरकारको काम जनतालाई सेवा दिनु हो । त्यही सेवाले नै उसको भूमिकाको औचित्यलाई साबित गर्छ ।

अर्को अर्थमा भन्नुपर्दा सरकारको काम नै उसको बोली हो । तर, अहिले सरकार आफ्नो कामबाट मात्र जनतालाई चित्तबुझाउन नसक्दा व्यवस्थाको पक्षपोषणमा समय खर्चिनुपर्ने अवस्थामा आइपुगेको छ । नेताहरुले संघीय व्यवस्था तथा लोकतान्त्रिक गणतन्त्रको अरु कुनै विकल्प नभएको पनि तर्क दिन थालेका छन् । हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरूको कुनै तुक नरहेको जनाए ।

विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र भएको भन्दै उनले यसको अर्को कुनै पनि विकल्प नरहेकोमा जोड दिए । उनले पूर्व राजावादीहरुका नाममा अलि बढी नै चलखेल गर्न खोजेको देखिएको, नेपाली जनताको बलिदानीबाट प्राप्त भएको वर्तमान संविधानको विरुद्धमा जाने छुट कसैलाई पनि भएको, यदि यसको विरुद्धमा कोही जान खोज्छ भने तिनीहरुलाई कसरी ‘ट्याकल’ गर्ने भन्ने बारेमा नेपालमा गणतन्त्र ल्याउन लागिपरेका सबै राजनीतिक दलहरुले आवश्यक रणनीति बनाएरै बसेको उनको भनाइ थियो ।

धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधि पनि सरकारको सूचनामा रहेको उल्लेख गर्दै यस विषयमा पनि संविधानमा लेखिएभन्दा यता उता नहुने उनले धारणा राखेका थिए । तर, प्रधानमन्त्रीले यसो भन्दै गर्दा हरेक व्यवस्थाको विकल्पमा पनि सोच्न पाउने जनताको नैसर्गिक अधिकारको भने उल्लंघन भएको छ ।

हिजो राणाशासन होस् वा राजतन्त्र वा पञ्चायत शासन नै, त्यतिबेला पनि शासकहरुले जारी शासनव्यवस्थाको विकल्प नभएको उल्लेख गरेका थिए । त्यतिबेला चलिरहेको शासनव्यवस्था नै उत्कृष्ट रहेको तर्क उनीहरुको थियो । तर, पनि असन्तुष्ट जनताले उनीहरुको शासनव्यवस्था उल्टाए । आफूअनकूल शासनव्यवस्था स्थापनामा भूमिका खेले । अहिलेको शासनव्यवस्थामा पनि नेताहरुको भूमिकाप्रति जनतामा चरम वितृष्णा बढ्दो छ ।

चरम भ्रष्टाचार, दण्डहीनता, कुशासनका कारण जनतालाई यो व्यवस्थाप्रति आक्रोशित बनाउने अवस्था सृजना भएको छ । जनतालाई सन्तुष्ट पार्न नसक्ने, मुलुकको विकासमा भूमिका निर्वाह गर्न नसक्ने र व्यक्तिगत स्वार्थमा नै नेताहरु रमाइरहने हो भने त्यस्तो गल्तीको परिणाम अवश्य पनि यो व्यवस्थाले भोग्नुपर्ने हुन्छ । त्यसैगरी समाजमा समान विकास, विकासको प्रतिफलको समान वितरण, श्रमिक तथा किसानको हित प्राथमिकतामा आधार सरकारका योजना समाजवादी व्यवस्था हो ।

यस्ता व्यवस्था आजको आवश्यकता बनिसकेको छ । त्यसकारण व्यवस्थाको मात्र पक्षपोषण गर्ने र त्यसको विकल्प नरहेको उल्लेख गर्नु आफैमा विज्ञानविरोधी भावना हो । प्रधानमन्त्रीले व्यवस्था बचाउन बोली होइन, काममा ध्यान दिन आवश्यक छ, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

५३ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक