बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापनपत्र बिहिबार परराष्ट्रमन्त्री एनपी साउदलाई  बुझाईएको छ । संघको तर्फबाट निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन ।

नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैर आवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव बुद्धिसागर सुवेदीले बताए । उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन  भएको अवस्थामा उनको रिहाईका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ ।

यस्तै अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरु मध्य केही नेपालीको निधन भएका समाचारहरु अहिले सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ ।

यसैगरी मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ ।  यसको लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरु बस्दै आएकोमा अहिले त्यहाँ ६ सय भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं । अझै सम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।

यस्तै गैर आवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुसी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरुमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठेरो परेको कुराहरु हामीसँग आइरहेका छन । यस विषयमा पनि परराष्ट्र मन्त्रीज्यूको ध्यानाकर्षण गराएको कोषाध्यक्ष ढुङ्गानाले बताए ।

यस्तै हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया,टर्की लगायत अन्य मुलुकहरुमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ । यस्तै माल्टा, रोमानिया,टर्की  लगायतका देशमा नेपालीहरूको संख्या बढ्दै गएको र दूतावास नहुँदा राहदानी नवीकरण लगायतका कुराहरु अप्ठेरो परेको पनि जानकारी गराइएको छ । ती देशमा नेपाल सरकारले राजदूतावास स्थापना गर्ने निर्णय पनि गरिसकेको अवस्थामा कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन पनि अनुरोध गरिएको छ ।
आफुहरुले प्रवासमा रहेका नेपालीहरुको समसामयिक मागहरु लिएर पररास्ट्रमन्त्रीसँग भेट्दै ज्ञापनपत्र बुझाएको निबर्तमान अध्यक्ष रविना थापाले बताईन ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

११ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक