शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भिसाको आवरणमा गैरकानुनी बाटोमा नेपाली नागरिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भिसाको आवरणमा गैरकानुनी बाटोमा नेपाली नागरिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई  द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा (हरि विक) सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्वसैनिक विश्वकर्मासहित सुजाता दाहाल र ईश्वर अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ । विश्वकर्मालाई ठमेलबाट र दाहाललाई दरबारमार्गबाट विभिन्न व्यक्तिका राहदानी, प्रवेशाज्ञा र अवैध रूपमा सङ्कलन गरिएको रकमसहित नियन्त्रणमा लिइएको परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौँ प्रहरीका डिएसपी अङ्गुर जिसीका अनुसार आरोपी विश्वकर्माले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

पक्राउ पर्ने अन्यमा काठमाडौँ जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनीष न्यौपाने, काठमाडौँ–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् । त्यस्तै बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार दाहाल कन्सल्टेन्सी सञ्चालक हुन् ।

रुस र युक्रेनबिच युद्ध चर्किएपछि रुसले विदेशी नागरिकलाई समेत सेनामा भर्ती खोलेपछि पूर्व तथा बहालवाला नेपाली सुरक्षाकर्मी गैरकानुनी बाटोबाटै रुस पुगेको पाइएको छ ।

गैरकानुनी रूपमा नेपाली नागरिक रुसी सेनामा भर्ना भएको पाइएपछि नेपाल सरकारले गत साउन ३२ गते प्रहरी प्रधान कार्यालयलाई यसबारे अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।

भारत, दुबईलगायत दोस्रो मुलुकबाट रुस पुगी गैरकानुनी रूपमा रुसी सेनामा भर्ना भएका छ जना नेपाली दुई पक्षको लडाइँका क्रममा मारिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो ।

रुसी सेनामा भर्ना हुने अधिकांश पूर्वसुरक्षाकर्मी रहेको खुलेको छ । प्रहरीले पक्राउ गरेका हरि विश्वकर्माले मात्र हालसम्म ११ जनालाई रुस पु¥याइसकेको र १५ जनालाई उडाउने प्रक्रियामा रहेको पाइएको छ । विश्वकर्माले पठाएकामध्ये दुई जना पूर्वसशस्त्र प्रहरी जवान र एक सर्वसाधारण रुसी सेनाले युद्धमा पठाउनुपूर्व तालिम गर्ने क्रममा भागेर नेपाल आउन सफल भएका थिए । अत्यन्तै कठिन र जोखिमपूर्ण तालिमबाट भागेर नेपाल आइपुगेका दुवै जनाको परिचय खुलाइएको छैन ।

अध्ययनका लागि विदेश पठाउने आवरणमा दरबारमार्गमा कन्सल्टेन्सी सञ्चालन गरी गैरकानुनी रूपमा रुस पठाउने गरेको खुलेपछि सुजाता दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दाहालको साथबाट प्रहरीले राहदानी, नगद र ल्यापटपलगायत बरामद गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

९ मिनेट अगाडि
एनपीएलको  आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा

एनपीएलको आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक