बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र उसलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारले बताएको छ ।

यसबारे छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको भन्दै वक्तव्यमा भनिएको छ, ‘प्रचलित कानुनी प्रावधान, अन्तर्राष्ट्रिय विधिको पालना, यस्ता क्रियाकलापबाट दुरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने अवसर, राजश्वमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।’

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठक छ, त्यही बैठकले सम्भवत छानबिन समिति बनाउनेछ । छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सरकारले बताएको छ ।

मन्त्री शर्माका अनुसार दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि बल्ल एनसेलले मंगलबार मात्र पत्र पठाएको छ ।

अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न जरुरी देखिएको भन्दै उनले भनिन्, ‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ ।’

यसमा कतिपयले प्रधानमन्त्री र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देवउालाई समेत जोडेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘जे उठेको छ, त्यसमा कुनै सत्यता छैन । यदि त्यसमा सत्यता हुन्थ्यो भने सरकारले यस्तो निर्णय गर्ने थिएन ।’

सरकार राष्ट्रहितप्रति प्रतिवद्ध रहेको भन्दै उनले नियम विपरीतका कुनै पनि क्रियाकलाप मान्य नहुने बताइन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका थिए ।

छलफलमा सहभागी नेताहरुले उक्त घटनालाई शंकास्पद भन्दै छानबिन गर्न सरकारलाई सुझाव दिएका थिए । ‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’

 

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

१० घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक