बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट हुँदा चारको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट हुँदा चारको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनिला । फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन् ।

सेनाको प्रथम इन्फेन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको जानकारी दिनुभयो । स्थानीय प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजे विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा हुँदा विस्फोट भएको थियो ।

प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ । मिन्डानाओ स्टेट विश्वविद्यालयले उक्त संवेदनहीन र भयावह कृत्यको निन्दा गर्दै घटनाबाट अत्यन्त दुःखी र स्तब्ध भएको जनाएको छ ।

विश्वविद्यालयले अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गर्नेसमेत निर्णय गरेको छ । साथै मरावी सहरस्थित विश्वविद्यालय परिसरको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । यो सहर राजधानी र मिन्डानाओ द्वीपमा लानाओ डेल सुरको सबैभन्दा ठुलो सहर हो ।

सन् २०१७ मा स्थानीय आतङ्कवादीहरूले इस्लामिक स्टेटलाई समर्थन गरेको दाबी गरेका थिए । इस्लामिक स्टेटमा अबु सय्यफ समूहको एउटा गुट, माउते समूह र अन्य समावेश छन् । उनीहरूले उक्त सहरलाई पाँच महिनासम्म कब्जा गरेका थिए । कब्जा गर्ने क्रममा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ बासिन्दा विस्थापित भएका थिए । साथै सहरका धेरै भाग ध्वस्त भएको थियो । सिन्ह्वा

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक