बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालको जुनसुकै ठाउँ तथा स्थानका निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई अबको एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारण वन्यजन्तु घोषणा गरेको हो ।
साथै जंगली बँदेलले निजी खेत, खला, बारीमा आएर क्षति पुर्याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको वन तथा वातावरण मन्त्रालयका सचिव डा।दीपककुमार खरालले जानकारी दिए । उनका अनुसार त्यसका लागि पाँच वटा शर्त भने तोकिएका छन् ।
जसमा धनजनको हानी नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्नेछ । दोस्रोमा जंगली बँदेललाई पक्रियामा उक्त बँदेल सम्बन्धि राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहको नजिकको कार्याक्रमा बुझाउनुपर्नेछ । यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमासमेत दिनुपर्नेछ ।
तेस्रो शर्तमा जंगली बँदेललाई धपाउने, लख्ट्ने वा पक्रने क्रममा त्यस्तो बँदेलको मृत्यु भएमा त्यस्तो बँदेललाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरेर गाड्न वा तौलको आधारमा पञ्चकिर्ती मूल्य तोकेर उक्त रकम राजश्वयमा जम्ममा गरी सम्बन्धित स्थानीय तहको वडाभित्र उपयोग (व्यापारिक प्रयोजन बाहेक) गर्न सकिने छ ।
त्यसको जानकारी सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहतको नजिकको कार्यालय र स्थानीय तहको वडा कार्यालयमा दिनुपर्नेछ ।
जंगली बँदेल मारिएकोमा राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालयले त्यसको विवरण प्रत्येक महिना संघीय सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र प्रदेश वन निर्देशनालयमा दिनुपर्नेछ ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न भने नपाइने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

८ मिनेट अगाडि
बाढीपहिरो पिडितका लागि अस्ट्रेलियामा ६० हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण

बाढीपहिरो पिडितका लागि अस्ट्रेलियामा ६० हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक