आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 –प्रीति रमण
पूर्वीय इतिहास, साहित्य, पुराण, कलाकृति लगायतमा यौनको विषयमा थुप्रै चर्चा भए पनि त्यही इतिहासलाई अनुसरण गर्दै आएको आधुनिक नेपालमा भने यसबारे खुलापन त परै रहोस्, सामान्य चर्चा पनि ठूलो अपराधको विषय भएको छ । मानवीय जीवनमा यौनको ठूलो महत्व भए पनि यसको ज्ञान र यससँग सम्बन्धित व्यक्तिलाई भने समाजले परहेज नै गर्दै आएको छ । यसका कारण यौन हाम्रोजस्तो समाजका लागि ठूलो रहस्यको विषय मात्र भएको छैन, यससम्बन्धी विभिन्न नकारात्मक धारणा पनि आइरहेका हुन्छन् ।
जिम्मेवार निकाय पनि यही समाजको नै प्रतीक भएकाले उसले पनि यौनिकता सम्बन्धी विषयलाई जानकारीमूलक र सामान्यीकरणभन्दा जटिल र आपराधिकताको दर्जामा राख्दै आएको छ । यौन र यससम्बन्धमा हेर्ने हाम्रो दृष्टिकोणको विषयबारे एउटा पुरानो उदाहरण हेरौं । पश्चिम नेपालको बादी समुदायका सीमित व्यक्ति कुनै बेला यौनसम्बन्धी पेशामा लाग्नुपर्ने बाध्यता थियो । तर, समाजले नै यो पेशामा आउन बाध्य भएकाले उनीहरुलाई हेय र अपमानजनक दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तर, यसमा संलग्न समाजका कथित ठूलाबडा भनिनेहरु भने सधैं पवित्र र सम्मानजनक रहने गर्थे ।
यसले पनि यौनसम्बन्धी विषय र यसमा संलग्न व्यक्तिमाथि समाजको धारणा कुन रुपमा छ भन्ने अनुमान गर्न सकिन्छ । बादी समुदाय आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको दलित अल्पसंख्यक समुदाय हो । यस समुदायको धर्म, सांस्कृतिक मूल्य र मान्यता अन्य समुदाय सरह नै रहेको छ ।
बादी समुदायको परम्परागत पेसा भनेको नाचगान गर्ने, बाद्यवादनका सामग्री (मादल, ढोल र तबला आदि) निर्माण गर्ने, जाल बुन्ने र माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने रहेको छ । यो समुदाय खास गरी नदी किनार, खोलाछेउ र ओडार आदिमा बस्ने गथ्र्याे र आफ्नो जीवनलाई घुमन्ते जीवनका रूपमा जीवनयापन गर्ने सीमान्तीकृत समुदाय हो ।
इतिहासको कालखण्डदेखि नै राजा रजौटाहरूलाई चाड, पर्व, भोजमा नाचगान गरी शुभसाइत जुराउने र मनोरञ्जन दिने पेसा गरेको पाइन्छ । यसरी गरिमामय पेसा गर्दै आएको अवस्थामा बादी समुदायका केही परिवारका अविवाहित बादी युवतीहरू तत्कालीन राजा, रजौटा, मुखिया, जिम्मुवालबाट यौन शोषणमा पर्न गई तिनीहरूलाई रखेलका रूपमा राखी उनीहरूलाई यौन मनोरञ्जनको साधनका रूपमा प्रयोग गरेको पाइन्छ । साथै, सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताका आधारमा जात जान्छ भनी कथित राजा–रजौटाले उनीहरूलाई त्यसै अलपत्र छाड्ने गरेकोे इतिहास पाइन्छ ।
यस प्रकारको कलंक र नकारात्मक प्रभावबाट छुटकारा पाई सम्मानित जीवनयापनका लागि स्वयं बादी समुदायबाट विभिन्न किसिमका प्रयास गरिएका छन् । बादी समुदायले आफ्नो अधिकार प्राप्तिका लागि २०६४ साउन ३१ देखि ४८ दिनसम्म आन्दोलन गरी २०६४ असोज २८ गते नेपाल सरकार र बादी समुदायबीच वार्ता–सम्झौता भएको थियो ।
पछिल्लो समय टिकटकमा सरकारले प्रतिबन्ध लगाएको छ । यो सामाजिक सञ्जाल जनमानसमा अन्त्यन्त्रै लोकप्रिय भइरहेको थियो । यो प्लाटफर्ममा सूचनाको तीव्र प्रसार र जिम्मेवार निकायको गलत गतिविधिको कडा विरोध गर्ने माध्यम पनि बनेको थियो । साथै, केहीका लागि नाचगान गरेर मनोभावना व्यक्त गर्ने थलो पनि बनेको थियो । यसले नेपाली समाजलाई यौनप्रति उदारता पनि दिन थालेको थियो ।
तर, यही विषयलाई सरकारले ठूलो समस्या देख्यो र सामाजिक सद्भाव बिगारेको भन्दै प्रतिबन्ध लगायो । यसले पनि सरकार यौनसम्बन्धी विषयमा अझै उदार हुन नसकेको स्पष्ट पार्छ । अहिले यिनै विषयलाई उठाउँदै राजधानीमा चित्रकला प्रदर्शनी हुने भएको छ । विद्यमान जात व्यवस्था र यौनिकताको विषयलाई लिएर गरिने विरोध र बहिष्करणलाई कलाका माध्यमद्वारा उजागर गर्न लागिएको हो । त्यसका लागि ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकमा साताव्यापी चित्रकला प्रदर्शनीको आयोजना गरिने भएको छ ।
सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मंसिर १४ देखि २० गतेसम्म चित्रकला प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यु) सहित ३८ कलाकारका चित्रकला समावेश गरिने भएको छ । नेपालको एलजिबिटिआइक्यु समुदायको आन्दोलनमा मात्र नभएर दलित आन्दोलनभित्र समेत जात, लिंग र यौनिकताका विषयमा पर्याप्त बहस हुन नसकिरहेको अवस्थामा चित्रकला प्रदर्शनीमार्फत ती समुदायका व्यक्तिहरूले भोग्नुपरेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।
जात व्यवस्थाका कारण दलित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिमाथिको ऐतिहासिक विभेद र बहिष्करणका अर्थ राजनीतिक प्रश्नहरूलाई स्थापित गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले ‘लिंगका आधारमा कुनै पनि व्यक्तिलाई भेदभाव नगरी घोषणापत्रमा उल्लिखित सबै अधिकार र स्वतन्त्रता प्राप्त हुने’ भनेको छ ।
नेपालको संविधानले पनि ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको हकअधिकार’लाई संवैधानिक रूपमा सुरक्षित गर्ने प्रयास गरेको छ । तर आज पनि यो समुदायको अधिकारका पक्षमा राज्य र समाज अनुदार छ । अब सरकारले यी क्षेत्रमा उदारता देखाउन र यौनिकताको विषयमा आधुनिक चेतका साथ बुझ्न आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक