आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रचण्डलाई प्रश्न- गणतन्त्रमाथि नै प्रश्न निम्तिने अवस्था कसले ल्यायो ? 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि
–निमकान्त पाण्डे
नेपालमा गणतन्त्रात्मक व्यवस्था लागू भएको करिब दुई दशक पुगेको छ । यो अवधि भनेको कुनै देशलाई विकासका लागि पर्याप्त समय हो । संसारका थुप्रै देशहरुले १५ देखि २० वर्षको हाराहारीमा विकासमा ठूलो फड्को मारेको उदाहरण प्रशस्त पाउन सकिन्छ । तर, विश्वका दुई ठूला देश छिमेकी, उनीहरुको बजार र थुप्रै सम्भावनाका बीच बसेर पनि नेपालले यो अवधिको सदुपयोग गर्न सकेन भन्दा कसैको दुईमत नहोला । जनयुद्ध गरेर आएको माओवादी होस् वा लामो समयदेखि सत्ताको अनुभव भएका कांग्रेस र एमाले नै किन नहोऊन्, उनीहरु यस अवधिमा सत्ताको नेतृत्वमा रहे पनि देशलाई सुशासन र विकासको अनुभूति दिलाउन असफल भएका छन् भन्दा हिच्किचाउनु पर्दैन । सरकारको असफलताको पछिल्लो उदाहरण हो, सुस्त अर्थतन्त्र ।
नेपालको अर्थतन्त्रको व्याख्या सरल छ, यो लामो समयदेखि विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) मा आधारित छ । नेपालले गर्ने ठूलो बजेटको आयात यही रकमले थेगिरहेको छ । अर्कोतर्फ सरकारले वार्षिक रुपमा उठाउने कर भने सरकार सञ्चालनका लागि चालु बजेटमा नै खर्च भइरहेको छ । आन्तरिक र बाह्य ऋण सरकारको लागि अब ठूलो टाउको दुखाइको विषय बनिरहेको छ । विकास निर्माणका लागि त सरकारसँग बजेट नै छैन भन्दा हुन्छ । सामान्य सडक विस्तारका कामका लागि पनि अन्य देशको सहायता माग्नुपर्ने अवस्था आएको छ । ६० को दशकमा राजतन्त्रको अन्त्य, लोकतन्त्र तथा गणतन्त्रको स्थापना र जनप्रतिनिधि शासनसत्तामा रहने अवस्था आउँदा पनि नेपालको किन विकास भएन होला त ? नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई विकास निर्माणमा तीव्रता दिन, सुशासन कायम गर्न, बेरोजगारी अन्त्य र रोजगारी सृजना गर्न केले रोक्यो होला त ? यी तमाम प्रश्नहरु पनि यिनै राजनीतिक दल र नेतृत्वमाथि सोझिएका देखिन्छन् । र, दुर्भाग्यवश भन्नुपर्छ, यी प्रश्नहरुको उत्तर हो, नेपालमा व्यवस्था बदलिए पनि प्रवृत्ति उस्तै रह्यो । के नयाँ के पुराना, सत्तालाई दोहन गर्ने र व्यक्तिगत स्वार्थपूर्ति गर्ने प्रवृत्तिका कारण देशको अवस्था ज्यूँका त्यूँ रह्यो । नेपालमा दक्षिणपन्थी कांग्रेस र वामपन्थी दलहरु एमाले तथा माओवादी नै लामो समयदेखि सत्ताको आसपासमा छन् ।

६० को दशकमा यी दलका नेताहरुको जुँगाको लडाइँका कारण संविधान निर्माणका लागि नै एक दशक लाग्यो । त्यसपछि गणतन्त्रात्मक व्यवस्थाअनुसार प्रदेश स्थापना, चुनाव, राजधानी तथा नामकरणको विषय नै धेरै पेचिलो बन्यो । यसरी हेर्दा यो दुई दशकको अवधि हामीले व्यवस्थालाई टिकाउनका लागि मात्रै खर्च गरेको पाउँछौं । अर्कोतर्फ यो बीचमा नेताहरुको अस्वाभाविक जीवनशैलीले पनि यो व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । जनयुद्ध गरेर संसदीय व्यवस्थामा आइपुगेका माओवादी नेताहरुको जीवनशैली अहिले नवसामन्तवादको झल्को दिने खालको छ । कांग्रेस तथा एमालेका नेताहरुको ठाँटबाँटयुक्त जीवनशैलीमा पनि कुनै कमी आएको छ । यसले नेताहरु विकास निर्माण र देश तथा जनतालाई सेवा गर्नेतर्फ भन्दा आफू र आफ्नो आसेपोसलाई पोस्नेतर्फ मात्र सक्रिय भएको र राज्यकोषको त्यही अनुसार दुरुपयोग गरेको पाउन सकिन्छ । नेपालको राजनीतिक दल मात्र नभएर संविधानले पनि देशको गन्तव्य समाजवाद भएको उल्लेख गरेको छ । कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी नभई पूँजीवादी दल कांग्रेसले पनि समाजवादलाई कुनै न कुनै रुपमा समर्थन गरेको देखिने गरेको छ । तर, यो केवल कागज र भाषणबाजीमा मात्र सीमित देखिएको छ ।

समाजवादलाई कार्यान्वयन गर्ने दिशामा भने के कम्युनिस्ट के कांग्रेस, सबै असफल देखिएका छन् । समाजवादको अर्थ हो, वस्तु तथा अवसरहरूको सम्पूर्ण उत्पादन, वितरण र सदुपयोगको प्रक्रियामा समाजका सबै सदस्यहरूको समानुपातिक स्वामित्व । समतामूलक समावेशी समाज, जहाँ योग्यता र क्षमताको सही सदुपयोग गरिन्छ । र, उन्नत तथा समृद्ध समाज निर्माण गरिन्छ । शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता हरेक नागरिकले पाउने ग्यारेन्टी गरिन्छ । यी आधारभूत आवश्यकतामा सबैको समान पहुँच हुन्छ । तर, संविधान लेखेर मात्र जिम्मेवारी पूरा हुँदैन । त्यसअनुसार समाज निर्माण गर्न भने हाम्रा राजनीतिक दलहरु चुक्दै आएका छन् । अर्कोतर्फ केही नेताहरु त यस्तै मिटरब्याजका संरक्षक पनि छन् ।

सर्वहारा वर्ग भने गाँस, बास, कपासका लागि नै संघर्ष गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय मुलुकमा दलाल पुँजीवाद र बिचौलिया हावी हुँदा किसान, श्रमिकलगायत धेरै पीडित छन् । महँगीका कारण जीवनयापन नै धान्न गाह्रो छ । ऋण लिँदा घरबास उठिबास लाग्ने जोखिम छ । के संविधानमा उल्लेख गरेको समाजवाद यही हो त ? अब हरेक नागरिकले सरकारलाई सोध्नुपर्ने बेला आएको छ ।
हाल मुलुकको अर्थतन्त्र संकटोन्मुख छ । सरकारले केही भ्रष्टाचारको फाइल खुलाएको त छ, तर भ्रष्टाचार, तस्करीमा कमी आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, बैंकवित्त सबै क्षेत्रमा चरम लुट छ । महँगीका कारण उपभोक्ताको ढाड सेकिएको छ । न्यून आय भएका नागरिकलाई दैनिकी धान्न नै कठिन भइसकेको छ । बेरोजगारीका कारण सयौं युवा दैनिक विदेश पलायन भइरहेका छन् । तर, पूँजीपति वर्ग भने सरकारबाट लाभ लिन सफल भइरहेका छन् ।

जनतालाई मर्कामा पार्ने दलाल बिचौलियाबादलाई नियन्त्रणमा लिन सरकार असफल साबित भइरहेको छ । यस्तोमा सरकारको बागडोर सम्हालेको कम्युनिष्ट दल माओवादीले समाजवादको पक्षमा, गरिब, श्रमिक जनताको पक्षमा काम गर्न अझै सकिरहेको छैन । समाजवादको गन्तव्य लिएर हिँडेका दल र तिनका नेताको जीवनस्तर पनि जनताको बराबर हुनुपर्छ ।  उनीहरु जनतामाझ जुनसुकै बेलामा जानसक्ने वातावरण हुनुपर्छ । विश्वका केही कम्युनिष्ट प्रधान देशमा त्यसैगरी नै नेतृत्वले जनताको विश्वास जितेर विकास निर्माण देशलाई समृद्ध पनि बनाएका छन् । नेपालमा भने जनतादेखि नेता डराउनुपर्ने र भाग्नुपर्ने अवस्था छ । यसको कारण कम्युनिस्ट दलको नेता भने पनि वास्तविकतामा भने पूँजीवादी प्रवृत्तिको पक्षपोषक भएका कारण हुन् । नेताहरुले यी पक्षलाई गहनताका साथ नलिए यो दुई दशकको उपलब्धि संकटमा पर्न सक्ने ठूलो जोखिम छ । आगे प्रचण्ड कमरेडलाई चेतना भया ! जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक