आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नेताहरुमा नैतिकताको खडेरी ! 

न्यायिक निकायमा राजनीतीकरण/ दण्डमा उन्मुक्ति / देश अराजकतातर्फ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेताहरुमा नैतिकताको खडेरी ! 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । सरकार र नेताहरुको मनलाग्दी गतिविधिका कारण देशको हालको शासनव्यवस्थाप्रति नै जनतामा वितृष्णा देखिएको छ । देशमा सुशासन र विकासको अपेक्षासहित ल्याइएको गणतन्त्रात्मक व्यवस्थाको मर्मविपरीत सरकार, राजनीतिक दल र तिनका नेताहरुमा नैतिकताको खडेरी देखिएपछि यसले सिंगो व्यवस्थामाथि नै प्रश्नचिह्न उठाएको हो । पछिल्लो समय सरकार, राजनीतिक दल, तिनका नेताको गतिविधिविरुद्ध विभिन्न विरोध प्रदर्शन हुँदै आएको छ ।
राजधानी काठमाडौंमा यस्ता खालका प्रदर्शन हुनु र ठूलो जनसमुदाय यसमा सहभागी हुनु भएको विकास र सुशासन कायम गर्न सरकार तथा राजनीतिक दल असफल भएको भन्ने सन्न्देश हो । नेताहरुको अकर्मण्यता, भ्रष्टाचारको असर भने हालको व्यवस्थामाथि परेको छ । सरकारी कामकारबाही चुस्तदुरुस्त, भ्रष्टाचार निवारण, विकास निर्माणमा तीव्रता, समाजको तल्लो तहमा रहेका व्यक्तिलक्षित योजना कार्यान्वयनमा चुकिरहेको सरकारले भ्रष्टाचार र दण्डहीनतालाई भने प्रश्रय दिइरहेको छ । यसका कारण मुलुकमा गुण्डाराजको प्रवृत्ति पनि मौलाइरहेको छ । दण्डहीनतालाई रोक्ने र अपराधीलाई अदालतको कठघरामा ल्याई कानुनी व्यवस्थाअनुरुप सजाय दिने न्यायालयमा पनि राजनीतिक दलहरुले चलखेल गर्दै आएका छन् । यसका कारण समग्र न्याय प्रणालीमा नै चरम राजनीतीकरणको समस्या देखिएको छ ।

सरकारले पछिल्लो समय न्यायिक व्यवस्थामाथि नै चुनौती दिने गरी निर्णयहरु गरिरहेको छ । हत्याको अभियोग लागेका रिगल भनिने व्यक्तिलाई माफी, प्राध्यापक कुट्ने विद्यार्थी नेतामाथिको अभियोग फिर्ता र सुरक्षाकर्मीको हत्या भएको घटनाका दोषीलाई माफी दिनेजस्ता गतिविधि यसका केही उदाहरण हो । केही समयअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगराज ढकाललाई जन्मकैदको सजाय माफी दिएका थिए । नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध भएका कारण सरकारले उनलाई सजाय माफी दिने निर्णय लिएको थियो । तर सर्वोच्च अदालतले कात्तिक १६ गते सरकारको उक्त निर्णय उल्ट्याउँदै माफी दिने निर्णय बदर गरिसकेको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो ।

संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै रिगललाई कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाह विरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगल थप ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने भएको छ । यस्तै, गत मंसिर ४ मा जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ७ मध्ये ६ जनालाई दोषी ठहर गरेको छ । जब कि सरकारले गत असारमै उनको मुद्दा फिर्ता लिने निर्णय गर्दै जिल्ला अदालतमा निवेदन समेत दिएको थियो । तर, सर्वोच्च अदालतले असार ७ मा मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनमा रोक लगायो । अहिले जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्लाले रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरेको छ ।
सरकारको सजाय माफी दिने अर्को निर्णयमाथि सर्वोच्चले प्रश्न उठाएर लिखित जवाफ माग गरेको छ । टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरुलाई किन माफी दिने भनी लिखित जवाफसहित सरकारलाई सर्वोच्चले छलफलमा बोलाएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार सरकार सहितका विपक्षीहरुसँग लिखित जवाफ माग गरेको हो । रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण लिखित रुपमा अर्को पेसीमा जवाफ दिन सर्वोच्चले भनेको छ । सर्वोच्चले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे लिखित जवाफ माग गरेको हो । संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी लगायतका व्यक्तिको कैद छुट गरेका थिए ।
सरकारमा रहेका दल, तिनका नेताको स्वार्थका कारण केही व्यक्तिहरु कानुनभन्दा माथि हुने र उनीहरुले पूरा सजाय नै काट्नुनपर्ने अवस्थाका केही उदाहरण हुन् । विगतमा राजाहरुले बिर्ता दिने, राजाका नजिकका व्यक्तिलाई जुनसुुकै अपराध गरे पनि कानुन नलाग्ने र दरबारको नजिक रहेका सीमित व्यक्ति लाभ पाउने अवस्था थियो । देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि त्यस्ता समस्या हट्ने अपेक्षा थियो । कानुनीराजको स्थापना र त्यसबाट समान न्यायको अनुभूति गर्न पाउने सबैको अपेक्षा थियो । तर त्यसविपरीत नेताहरुमा भने नैतिकताको संकट देखिएपछि र आफ्नो जिम्मेवारीविपरीत व्यक्तिगत स्वार्थमा लिप्त हुँदा त्यसको असर समग्र व्यवस्थामाथि नै देखिएको छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

३७ मिनेट अगाडि
नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक