काठमाडौँ / उपसभामुख इन्दिरा रानाले महिलालाई प्रत्यक्ष निर्वाचनमा लड्न आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
ललितपुरमा सोमवार आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा उनले महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताइन्।
उनले महिला–महिलाबीच प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। उनले महिलालाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन्।
उनले महिला सांसद धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएको बताउँदै समानुपातिक सांसदलाई होच्याउने काम भएको बताए।
उनले महिलालाई राजनीतिको निर्णायक ठाउँमा पुर्याउनुपर्ने पनि बताए। उपसभामुख रानाले महिलालाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताए। बालिकाहरूले बीचमै विद्यालय छाड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्याउनुपर्ने बताइन्।


