आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देश र जनताका हिमायतीका नाममा !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायण शर्मा

देश अहिले विष्फोटक र विद्रोहात्मक अवस्थाबाट गुज्रिरहेकाे छ । दलाल र गद्दार तथा प्रतिगामी र यथास्थितिवादी शक्तिहरुको होहल्ला, हालीमुहाली र हुकुमहैकमले नेपाल र नेपाली जनता अत्यन्त आक्रान्त, आहत र आजित छन् ।

उनीहरु क्रान्ति, मुक्ति, प्रगति, न्याय, समानता, समृद्धि, दीगो विकास र स्थायी शान्तिका लागि अति नै आतुर छन् । देशको यो अवस्था र जनताको यो चाहनालाई प्रयोग गरेर देशी-विदेशी प्रतिक्रियावादीहरुले सचेत, सुनियोजित, संगठित र षड्यन्त्रकारी संघर्षद्वारा देशलाई प्रतिगमनतिर मात्र होइन पूर्ण औपनिवेशीकरणतिर लैजाँदै छन् । तर अग्रगामीहरु र स्वाधीनताका हिमायतीहरु भने यस्तो गम्भीर अवस्थामा केही नगरेर मूकदर्शक भएर बस्ने दुखद बिडम्बना भएको छ ।

अब हामी अग्रगमन र राष्ट्रिय स्वाधीनताका पक्षधर भनिनेहरु आपसी आग्रह, पूर्वाग्रह र प्रतिशोध परित्याग गरी तत्काल एकजुट भै यो षड्यन्त्रकारी संघर्षका बीचबाट देशको यो भयावह र विकराल स्थितिलाई परिवर्तन गर्नको लागि क्रान्ति अगाडि बढाउन सचेतता, साहस र समर्पणका साथ पहल लिन अत्यन्त जरुरी छ । यसो गर्न सके जनवादी क्रान्तिले सफलता, विजय र पूर्णता पाउने अर्थात् राष्ट्रियता, लोकतन्त्र/जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरु आधारभूत रुपमै हल हुने पूरै सम्भावना छ । तसर्थ यो क्रान्ति सम्पन्न गरी यस्लाई स्थापित, सुदृढ र विकसित गर्दै निरन्तर अगाडि बढाउनको लागि पहल लिन समेत ढिला भैसकेको छ । तर विडम्बना कस्ले पहल लिने ? ठुला क्रान्तिकारी भनिएका पार्टी र नेतालाई खुबै मतलब भएजस्तो छैन ।

उनीहरु ठुलो भएको, स्थापित भएको, क्रान्तिकारी र देसभक्तको परिचय बनाएकोमै मख्ख छन् । हामी चुन्नेमुन्नेलाई देश, जनता र क्रान्तिको चिन्ता, चासो र छट्पटी भएर गरेको पहल कस्ले मान्ने ? आफू पनि नगर्ने अरुले गरेको पनि नटेर्ने यो अहंकार र आत्मरति ठुला र स्थापितहरुले अविलम्ब छोड्न र पूर्ण संवेदनशील, गम्भीर र जिम्मेवार भएर एकता र संयुक्त मोर्चाद्वारा संयुक्त, सशक्त र निर्णायक आन्दोलनका लागि तत्काल देखिनेगरी प्रभावकारी र परिणाममुखी पहल लिन अत्यन्त जरुरी छ ।

अन्यथा यसै कथित क्रान्तिकारी र देसभक्तिको अहंकार, आत्मरति र अकर्मण्यताका बिचमै बिलाउने भयो नेपाली क्रान्तिकारी र देसभक्तिपूर्ण आन्दोलन ! अझ भनौं आन्दोलन मात्र होइन देस र क्रान्तिको नाम-निशान नरहने अवस्था हुन सक्ने प्रबल सम्भावना छ । के गरौं ? केही उपाय छ कि सच्चा देशभक्त, लोकतन्त्रवादी/जनवादी, प्रगतिशील, वामपन्थी, क्रान्तिकारी, समाजवादी र साम्यवादी साथी, संघसंस्था र शक्तिहरु ? छ भने के छ, त्यो गरिहालौं संयुक्त र सशक्त भएर ! कसो ?

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक