आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

एंगेल्सकाे १६०औं जन्म जयन्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– लाेक नारायण सुवेदी
वैज्ञानिक साम्यवादी कार्ल मार्क्सका अनन्य मित्र तथा मार्क्सबादका सह-प्रबर्तक फेडरिख एंगेल्सको आजकै दिन २८ नाेभेम्बर १८२० मा जन्म भएकाे थियाे । कार्ल मार्क्स पछि विश्वका आधुनिक सर्वहारा वर्गका श्रेष्ठ दार्शनिक एवं चिन्तक हुन् फ्रेडरिक एंगेल्स । मार्क्स र एंगेल्स दुवैले एउटा अभिन्न उच्च आदर्श – सबै किसिमका दुःखकष्टबाट मानब समाजकाे मुक्ति, प्रगति र प्रतिष्ठका निम्तिआफ्नो सम्पूर्ण चेतनशील जीवन समर्पण गरे । उनीहरूकाे अप्रतिम मित्रता इर्ष्यालाग्दाे र बिश्व प्रसिध्द छ ।
हुन पनि फेडरिख एंगेल्स कार्ल मार्क्सका अपूर्ब सहयोगी मित्र र मार्क्सको निधनपछि उनको मार्क्सवादी सिद्धान्तलाई पूर्णता दिने एक समर्पित र सच्चा दार्शनिक हुन् । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिएकाे कारण पनि यही नै हाे । दुबै मार्क्सवादका प्रर्वतक पनि मानिन्छन् । सन् १८४८ मा दुवै मिलेर कम्युनिस्ट घाेषणापत्र तयार गरे । त्यही कम्युनिष्ट घोषणापत्र नै बिश्व सर्बहारा शिविरको सबैभन्दा ठूलो दार्शनिक हतियार बन्न पुग्यो र निरन्तर बनिरहेकाे छ ।
बिश्वमा एंगेल्सकाे याेगदानकाे कुरा गर्दा सन् १८४५ मा मजदुर वर्गको अवस्था र सन् १८४६ मा पवित्र परिवार र जर्मन विचारधारा नामक ग्रन्थहरूका रचनाकार भएका थिए एंगेल्स । उनले सन् १८४७ मा कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा र सन् १८४८ मा कार्ल मार्क्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र जस्ताे युगान्तकारी ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनकाे आधारशिला स्थापित गरेका थिए ।
सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल मार्क्सका सहयोगी, तात्कालीन जर्मन पूँजीवादले मार्क्सवादमाथि गरेको हमलाको प्रतिउत्तरमा ड्यूहरिङ्ग मतखण्डन, लुडविक फायरवाख र वालसक्रिय दर्शनकाे अन्त्य, परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति जस्ता विश्वविख्यात पुस्तकका लेखक उनै एंगेल्स थिए । उनको दार्शनिक चिन्तनको क्रान्तिबाटै वास्तबमा मार्क्सवाद स्थापित भयो ।
संसार प्रसिद्ध पूँजीको रचना गर्न कार्ल मार्क्सलाई अभूतपूर्ण सहयोग उनैले एंगेल्सले गरेका हुन् । दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणालीहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्नमा दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न एंगेल्सको अत्यन्तै ठूलाे योगदान रहेकाे छ । सन् १८८९ मा दोश्रो इन्टरनेशनलको स्थापना गरेर मार्क्सवादलाई समृद्ध बनाउने काममा उनै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।
वास्तबमा यसरी बिश्वकै आधुनिक मजदुर वर्गको मुक्तिको बाटो देखाई दिने एक महान चिन्तक थिए उनी । एंगेल्स कार्ल मार्क्सका एक सच्चा साथी थिए । सन् १८८३ मा मार्क्सको निधन भएपछि पूँजीको तेस्रो खण्ड एंगेल्सले नै प्रकाशित गरेका थिए । मार्क्सबादका मर्मज्ञ र उन्नयनकर्ता दार्शनिक एंगेल्सका रचनाहरू बर्तमाान बिश्वकाे स्थिति र गतिकाे अध्ययन र संघर्षका लागि उत्तिकै मननयाेग्य रहेका छन् ।
बिश्वको युगीन पदचापलाई एक्स-रे र ‘एमआरआई’ गर्न र कालभेदी बाटो देखाउन सक्ने बिश्वका कालजयी ब्यक्तित्व कार्ल मार्क्स र सहयोद्धा फेडरिख एंगेल्स मन, बचन र कर्मले एकाकार भएका बिश्व ब्यक्तित्व हुन् । ती अभिन्न ब्यक्तित्वमध्ये एक एंगेल्सको ५ अगस्ट १८९५ का दिन देहाबसान भएको थियो । मार्क्सको देहावसान(१४ मार्च १८८३)पछि बिश्वमा मार्क्सबादको रक्षा र बिकास गर्ने अभूतपूर्ब जिम्मेवारी एंगेल्सले नै कुशलतापूर्बक सम्हालेका थिए ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक