बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मूर्खहरूले मात्रै राजतन्त्र मान्छन्ः केपी ओली

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले बच्नुपर्छ : अध्यक्ष ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मूर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्। राजतन्त्रलाई ‘प्रेत’को संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे। शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले कतिपय देशले विभिन्न सम्झौताका कारण राजतन्त्र माने पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे।

एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने कुरा चेतना नभएका मूर्खहरूले मात्रै गर्ने ओलीको भनाइ थियो।

उनले बिहीवार दुर्गा प्रसार्इंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए।

ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद दिए।
उनले भने, ‘केही तत्व १५ वर्षअघि फ्यालिसकिएका, हेर्दा–हेर्दा वाक्क, ब्याक्क, दिक्क भएर जनताले पाल्न नसकिनेरहेछ यो। र, यो काम लाग्ने चिज नै होइन रहेछ। राजनीतिक रुपले, वैचारिक रुपले, सैद्धान्तिक रुपले, कुनै हिसावले पनि राजतन्त्र, एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने। अरुका छोराछोरीले मरिमेटेर काम गरे पनि हुन नपाउने। यस्तो अन्यायपूर्ण विचार बोक्नेहरू। मैले पटक भने–फेरि चित्त दुखाउँछन् मान्छेले। मैले बोल्दाखेरी भनेँ– कित चेतना नै नभएका मूर्खहरूले मात्र राजतन्त्र मान्छन्।’

अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए। कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरूको प्रदर्शनबाट पनि थर्कमान भएको उनको भनाइ थियो। अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए।

उनले भने, ‘के हो यो सरकार ? हिजो बल्खुमा भोलि उठी कहाँ जाने ? केही थाहा छैन भन्ने खालका, कहाँ डिँडेका हुन, त्यो पनि थाहा छैन। के का लागि हिँडेका हुन ? त्यो पनि थाहा छैन। के माग हो, के नारा हो ? कहाँ पुग्ने हो, के गर्ने हो ? थाहा छैन। हाहा हुँहुँ हेर्न जान पाइन्छ रे भनेपछि हाहा हुहु हेर्न आए। यो सरकार त्यत्तिकैमा थर्कमान छ।’ अध्यक्ष ओलीले सरकारले जनतालाई निराश बनाउने काम मात्रै गरिरहेको आरोप लगाए।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक