बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताउनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको दसौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठुला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताउनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा परेर ठुला उपकरण किन्ने र थन्क्याउने गरिएको पाइयो । त्यसैले अत्यावश्यक बाहेक ठुला उपकरण तत्काल किन्ने पक्षमा मन्त्रालय छैन । तर ट्रमा सेन्टरको हकमा अत्यावश्यक भइसकेको एमआरआई मेसिन खरिद गरिने छ । यसमा मन्त्रालय सकारात्मक छ ।’’

ट्रमा सेन्टरमा ६ महिना अगाडि खरिद गर्न लागिएको एमआरआई मेसिन विवादका कारण रोकिएको थियो । मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउनुहुँदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

ट्रमा सेन्टरमा हरेक वर्ष बिरामीको सङ्ख्या बढ्नुका कारण यसले प्रदान गरिरहेको सेवा विश्वसनीय भएको प्रमाण मान्न सकिने बताउनुहुँदै मन्त्री बस्नेतले विपन्नको उपचार निःशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा समेत गर्नुभयो ।

काम गर्न सक्ने उमेरमै अवकाश प्राप्त गरेका विशेषज्ञ, चिकित्सक, नर्सिङ जनशक्तिले काम गर्ने वातावरण बनाउन र चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने व्यवस्था मिलाउन आफूले १०० देखि ३०० शय्यासम्मका अस्पतालले नर्सिङ  र प्यारामेडिक्स तथा ३०० शय्याभन्दा माथिमा अस्पताले एमबिबिएस र विशेषज्ञ चिकित्सकको पढाई सञ्चालन गर्न पाउने गरी कानुन परिवर्तन गर्न पहल गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो । आफ्नो प्रस्तावमा प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद्का अधिकांश मन्त्री सहमत भएको र सांसदले कानुन बनाएपछि लागू गर्न सकिने मन्त्री बस्नेतको भनाइ थियो ।

समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा उल्लेखनीय भएको बताउनुहुँदै अर्थोपेडिकमा भन्दा पनि ट्रमा फोकस भएर सेन्टरले काम गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । २०० शय्याको ट्रमा सेन्टरमा आइसियु र एचडियू शय्या बढाउनु पर्ने जरुरी भइसकेको बताउनुहुँदै उपकुलपति डा.बस्नेतले सबै ठुला अस्पताललाई चिकित्सा शिक्षाको अध्ययन अध्यापन गर्ने संस्थाको रूपमा विकास गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रस्तावले देशमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव हुनबाट बचाउन सकिने बताउनुभयो ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ट्रमा सेन्टरमा हरेक दिन ट्रमाका बिरामीको सङ्ख्या बढ्दै गइरहेकोले सेवा विस्तार गर्नै पर्ने अवस्था रहेको बताउनुभयो । डा. रिजालले आइसियु शय्याको सङ्ख्या थप गर्नु पर्ने, एमआरआई मेसिन खरिद गर्नु पर्ने, जनशक्ति थप्नु पर्ने र ट्रमाका बिरामी निको भए पछि राख्नका लागि पुनर्स्थापना केन्द्र खोल्न मन्त्रालयले सहयोग गर्नु पर्ने बताउनुभयो ।

गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५०० ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको डा. रिजालले जानकारी दिनुभयो । समारोहमा विभिन्न खेलकुदका विजयी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरूलाई मन्त्री बस्नेतले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

९ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक