काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ। साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।


