आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भयावह वर्तमान र सुखद् भविष्यको बाटो !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– नारायण शर्मा
 यतिबेला देशमा प्रतिकृयावादी गुटहरुबिचको टक्कर उत्कर्षतिर पुग्दैछ । गणतन्त्रवादी भनिने संसदवादी दलाल शक्ति र राजतन्त्रवादी पुनरुत्थानवादीजस्ता दुई मुख्य गुटहरुमा देसको ध्रुवीकरण भैरहेछ । भ्रष्टाचार, राष्ट्रघात, महङ्गी, बेरोजगारी, तस्करी, कालाबजारीजस्ता थुप्रै अहं विषयहरुलाई लिएर आम जनताको बढ्दो असन्तुष्टि, निराशा, हतासा र आक्रोशलाई भजाएर दुवै प्रतिक्रियावादी गुटहरुले जनतालाई भ्रमित पार्दै आपसमा मुठभेड गराउने र सम्भवत: रगतकै खोलो बगाउने धृष्टता गर्दैछन् ! यसो गर्नु-हुनुमा वैदेशिक  साम्राज्यवादी र विस्तारवादीहरुको सचेत, सुनियोजित र दीर्घकालीन रणनीतिक चालवाजीले काम गरेको छ । नेपालका यी दुवैथरी शक्ति/गुटहरुलाई वैदेशिक साम्राज्यवादी-विस्तारवादी शक्तिहरुको प्रत्यक्ष-परोक्ष, धेरै-थोरै, दीर्घकालीन-तत्कालीन, वैचारिक-राजनीतिक, सामरिक-सांस्कृतिक, धार्मिक-साम्प्रदायिक र आर्थिक-भौतिक आदि सम्पूर्ण प्रकारको सहयोग-सद्भाव रहेको छ । उनीहरुले यसो गरेर नेपालमा द्वन्द्व चर्काई उत्पन्न अशान्ति, अराजकता र अस्थिरता नियन्त्रण गर्न नेपाललाई सहयोग आवश्यक छ भन्ने निहुँमा यहाँ आफ्ना सेना उतारेर देशको स्वाधीनता र जनताको सार्वभौमिकतामाथि धावा बोल्दैछन् । यो बेलामा देशमा हुने विदेसी सेनाको चलखेल र हस्तक्षेपको निशाना नेपाल मात्र होइन, नेपाल बाहिरका चीन-रूसजस्ता शक्तिशाली देशहरु पनि हुनेछन् । परिणामत: देश आन्तरिक शक्तिहरुबिचको द्वन्द्वमा मात्र होइन, बाह्य शक्तिहरुको बिचको द्वन्द्वमा परेर युद्ध मैदान नै बन्ने छ । यो अवस्था भनेको देसको युक्रेनीकरण हो । यद्यपि यहाँ को जेलेन्स्की बन्ने भन्ने अझै स्पष्ट भैसकेको छैन । देशभित्रका यी दुवैप्रतिक्रियावादी गुटहरुको भीडन्तमा जो सक्षम र साहसी भाट र दलाल, महामूर्ख र महादुष्ट देखिन्छ, उसैलाई अघि सारेर साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रहरुले नेपाललाई युद्धमोर्चा बनाई एकातिर हाम्रो शान्ति, स्वाधीनता, सार्वभौमिकता, अखण्डता , अस्मिता, स्वत्व र अस्तित्व नै ध्वस्त पार्ने छन् भने अर्कातिर देसका सम्पूर्ण अमूल्य र बहुमूल्य प्राकृतिक र खनिज सम्पदाहरु लुटेर देशलाई पूरै रित्ताई हरिकङ्गाल बनाइदिनेछन् । यतिमात्र होइन, नेपाललाई युद्धमोर्चा बनाएर उनीहरु चीन-रुससंग भिड्दा नेपालमा जनधनको अकल्पनीय र अपूरणीय क्षति हुनेछ र देश पूर्ण खण्डहर र भग्नावशेषमा परिणत हुनेछ । यो भयावह अवस्थाको कल्पना गर्दा पनि कहाली लागेर आउँछ ।
 नेपालको हजारौं बर्षको इतिहासमा नभोग्नुपरेको यो विकराल अवस्था हामी नेपालीलाई अब भोग्न बाध्य पारिंदैछ जो सर्वाधिक ठुलो दुखद विडम्बनाको विषय हो । तसर्थ यो सम्भावित दुस्परिणामलाई रोक्नको लागि हामी सच्चा र स्वच्छ देशभक्त, सच्चा र स्वच्छ लोकतन्त्रवादी, सच्चा र स्वच्छ क्रान्तिकारी अनि सच्चा र स्वच्छ समाजवादी-साम्यवादी (कम्युनिस्ट) हरु उठ्न र जुट्न अनि यी देशी-विदेशी प्रतिक्रियावादीहरुका विरुद्धमा लड्न, भिड्न, विजयी बन्न र टिक्न जरुरी छ । यसनिम्ति हामी देस, जनता र परिवर्तनका सच्चा हिमायती शक्ति, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरु सबैका सबै नै आआफ्ना व्यक्तिगत र समूहगत संकीर्ण सोंच, स्वार्थ, शैली र संस्कार तथा आपसी आग्रह, पूर्वाग्रह, प्रतिशोध र निषेधजन्य पूर्ववत विचार-बुझाइ, मूल्य-मान्यता, नीति-विधि, विधान-व्यवस्था र काम-व्यवहारबाट माथि उठ्नै पर्ने हुन्छ । तत्पश्चात नितान्त देसमुखी, जनमुखी, परिवर्तनमुखी र विकासमुखी भएर अर्थात् नेपाली मौलिकता र विशेषतामा टेकेर नयाँ मौलिक विचार, बाटो र व्यवस्था हुँदै नयाँ र आफ्नै ढङ्गलेअघि बढ्नु अत्यावश्यक भैसकेको छ ।
यसो नगरी न हामी देसभक्त र लोकतन्त्रवादी भन्ने वा कम्युनिस्ट क्रान्तिकारी भन्नेहरुकै बिचमा पार्टी एकता हुन्छ न त संयुक्त मोर्चा नै बन्छ । कथं एकता भैहालेछ वा मोर्चा बनेछ भनेपनि त्यसमा प्रथमतः आन्तरिक कारणले नै अन्तर्विरोध चर्कन्छ र गतिहीन हुन्छ वा विभाजन आउँछ, नभए पनि त्यसै अन्तर्विरोधमा टेकेर बाह्य दुश्मनहरुले चलखेल र घुसपैठ बढाउँछन् र विभाजित र विसर्जित तुल्याउँछन् । तसर्थ देस र जनता बचाउने र अधि बढाउने एकसूत्रीय यो उद्देश्यमा केन्दृत भएर परिवर्तनकारी सम्पूर्ण शक्तिहरु एकताबद्ध र मोर्चाबद्ध भएर देशविरोधी, जनविरोधी, शान्तिविरोधी र विकासविरोधी देशी-विदेशी  प्रतिक्रियावादी शक्तिहरुका विरुद्धमा निर्णायक रुपले जाइ लाग्नु अनिवार्य छ ।
अब प्रश्न छ,  के हो त त्यो नयाँ र मौलिक विचार र बाटो भनेको ? अहिले नेपाली राजनीतिक वृत्तमा चर्चामा आइरहेका नेपाली सामूहिकतावाद, जनसम्प्रभुतावाद र आत्मनिर्भरतावाद, जनताको राष्ट्रिय जनवाद (लोकतन्त्र) जस्ता विचारहरुको समुच्चय नै नयाँ र मौलिक विचार हो । यसको  विकास नेपालमै नेपालीले नै गरेको र आजको नेपालको ठोस वस्तुगत विकासमा आधारित भएर जन्मेको विचार हो । यस्लाई हामी मौलिक समाजवाद भन्न सक्छौं । आजको हाम्रो दलाल पुँजीवादी लोकतन्त्रलाई उच्च र पूर्ण  स्वरुप दिंदै सच्चा लोकतन्त्र अर्थात् राजनीतिक स्वतन्त्रता  र समानतासँगै आर्थिक, सामाजिक, सांस्कृतिक , शैक्षिक आदि विभिन्न लोकतान्तृक हक अधिकारमा स्वतन्त्रता र समानता भएको नेपाली मौलिकता र विशेषतामा आधारित, नेपालकै इतिहास, भूगोल, दर्शन, सभ्यता र संस्कृति अनुकूलको लोकतन्त्रको विकसित र समृद्ध रुप नै मौलिक समाजवाद हो ।
यसरी नै नयाँ र मौलिक बाटो भनेको मूलत:  देस, काल र जनता सापेक्ष संघर्षको बाटो हो । त्यो संघर्षको बाटो आजको विज्ञान-प्रविधि र यसले विकसित गरेका सूचना-संचार र प्रचार-प्रसारका सामाग्री र संजालहरुलाई एउटा प्रमुख  हतियारको रुपमा प्रयोग गर्ने बाटो हो । ती हतियार प्रयोग गर्ने सेना देसमा पढ्दै गरेका र पेसा-व्यवसाय गर्दै गरेका वा केही नगरी बेरोजगार बसेका किशोर र युवाहरुलाई पनि किसान, मजदुर, महिला, दलित र विदेशिएका युवाहरुका अतिरिक्त एउटा मुख्य शक्तिको रुपमा परिचालन गरेर लाने बाटो हो । जहाँसम्म  यस्ले गर्ने संघर्षको स्वरुपको प्रश्न छ त्यसका विभिन्न रुप छन् ।  एउटा हो शान्तिपूर्ण संयोजित र सशक्त संघर्ष । त्यो संघर्ष  सामाजिक संजालहरुको माध्यमबाट, संचारमाध्यमहरुबाट, सडकमा गरिने नाराजुलुस, बन्द, हडताल आदिको माध्यबाट हुने संघर्ष,  चुनावी संघर्ष (बहिष्कार, उपयोग वा नो भोट आदि) अनि सकेसम्म त सदन र सरकारभित्रबाट गरिने  संघर्ष समेतको समुचितरुपमा  समायोजित भएको  संघर्ष हुनेछ । यदी यी संघर्षहरुमाथि सरकारपक्ष अनुदार, निर्मम र दमनकारी भएर आयो र संघर्षले विजय पाउनको लागि सस्त्रबल सहितको संघर्ष अनिवार्यरुपले आवश्यक परेमा निर्णायक प्रतिरोध संघर्षको रुपमा  बाध्यतावस  सशस्त्र संघर्षको रुप पनि अवलम्बन गरिने हुनसक्छ ।  यसरी हेर्दा नयाँ र मौलिक संघर्षको बाटो भनेको समायोजित, संयुक्त र सशक्त जनसंघर्षको निर्णायक बाटो हुनेछ र हुनैपर्छ ।
संघर्षपछिको विजय वा सहमतिपछि प्रथमतः वर्तमान दलाल संसद  र दलाल तथा भ्रष्ट सरकारको विघटन गरी नयाँ राष्ट्रिय अन्तरिम क्रान्तिकारी सरकार र अन्तरिम जनप्रतिनिधिसभाको रुपमा हरेक आन्दोलनकारी दलबाट शक्ति र युक्तिको आधारमा समुचित प्रतिनिधित्व हुनेगरी सर्वपक्षीय अन्तरिम विधायिका गठन गरेर त्यसैमार्फत अन्तरिम सरकारको गठन गरी अन्तरिम संविधान निर्माणमा लाग्ने अनि त्यो सरकारले राष्ट्रघाती, भ्रष्ट, दलाल, गद्दार,  हत्यारा र माफिया आदिलाई तत्काल कार्वाही चलाउने र जनतालाई सुशासनको, शान्तिसुरक्षाको र गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सम्मान र न्यायको प्रत्याभूति दिलाउने दिशामा तत्काल कदम अघि बढाएर जानुपर्छ । यो अन्तरिम अवधिमा अन्तरिम विधाइका (जनप्रतिनिधि सभा) र अन्तरिम सरकारले  गर्ने मुख्य र प्रथम काम भनेको लोकतान्त्रिक/जनवादी (democratic) क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने हुनेछ भने दोस्रो महत्वपूर्ण काम नेपालमा नेपाली तरिकाले नेपाली मौलिक समाजवाद निर्माणको लागि वस्तुगत र आत्मगत आधार तयार पार्नु हुनेछ । यसरी मौलिक समाजवादमा हाम्रो नेपाली समाज रुपान्तरण हुनेछ । यसरी एकातिर नेपाली राजनीतिक आन्दोलनको इतिहासको सुरुवाती चरणदेखिका  राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका आधारभूत मुद्दाहरु, जो विभिन्न संघर्ष र आन्दोलनका बावजुद पनि थप जटिल र गम्भीर बन्दै गैरहेका छन्, तिनको  समाधान हुनेछ भने अर्कातिर सबैजसो नेपाली राजनीतिक पार्टीहरुले सुरुदेखि अहिलेसम्म पनि साकार पार्ने भनी वर्तमान संविधानमा समेत उल्लेख गरिएको समाजवादको दिशामा अघि बढ्ने सपना साकार हुनेछ ।
यी विभिन्न संघर्ष र कार्यक्रम कार्यान्वनको चरण र बाटोमा अगि बढ्दा हुने सम्भावित वैदेशिक हस्तक्षेपलाई पनि मध्यनजर गर्नुपर्दछ । सो हस्तक्षेपको स्वरुप, आयाम र प्रकृति हेरी संयमित र सन्तुलित हुँदै आवश्यकता र सम्भाव्यता अनुसार कूटनीतिक, राजनीतिक, सामरिक, स्वतन्त्र, संलग्न र संयुक्त जनप्रतिरोध गरेर एकातिर राष्ट्रिय स्वाधीनताको संरक्षण, सम्बर्द्धन र सबलीकरण गर्ने र अर्कातिर जनताका न्याय, समानता र स्वतन्त्रताका अधिकारहरुलाई प्रबर्द्धन गर्दै जनताको जीवनस्तर उठाउँदै लानुपर्दछ ।
आउनुहोस्, यसनिम्ति कि त अहिलेको उपरोक्त सम्भावित द्वन्द्व र हस्तक्षेपलाई रोक्नकै लागि संयुक्त र सशक्त  क्रान्तिकारी आन्दोलनको  आँधिबेहरी ल्याऔं कि भने यो द्वन्द्व र हस्तक्षेपका बिचबाट हाम्रो राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको अर्थात्  राष्ट्रिय लोकतन्त्रको आन्दोलनलाई जोरजबर्जस्त रुपमा अघि बढाएर मौलिक समाजवादको अहिलेको गन्तव्यमा  पुगौं । स्मरण गरौं, माओले द्वितीय विश्वयुद्धका सन्दर्भमा भन्नुभएको थियो – कि त क्रान्तिले विश्वयुद्धलाई रोक्छ कि भने विश्वयुद्धले क्रान्तिलाई जन्म दिन्छ । नभन्दै चीन लगायत विश्वका थुप्रै देसमा त्यतिबेला भैरहेका क्रान्तिकारी आन्दोलनहरुले विश्वयुद्धलाई नरोकेपनि द्वितीय विश्वयुद्धका बिचबाटै चीन लगायत थुप्रै देसमा क्रान्ति सफल भए । त्यसैले नेपालको वर्तमान जतिसुकै भयावह भएपनि भविष्य सुखद छ । विश्वास गरौं र लागिपरौं कि हाम्रो देसमा पनि अहिले विश्व क्रान्तिका सन्दर्भमा माओले भन्नुभएको विश्वयुद्धबाट विश्वमा क्रान्तिहरु जन्मने अवस्था भएझैँ र नेपालमा सन्निकट आएको मुठभेडको परिणाम नेपाल राष्ट्र र नेपाली जनताकै पक्षमा हुनेछ । त्यो परिणाम हाललाई नेपाली राष्ट्रिय लोकतन्त्र हुँदै मौलिक समाजवादको जन्म र विकाससम्म हुनेछ ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक