बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । सोही निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौथो शक्तिको रूपमा उदाएको थियो । निर्वाचन भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता भने बढ्दो छ । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । प्रदेशको दोस्रो पटकको निर्वाचन भएको हो । पहिलो पटकको निर्वाचनपछि प्रदेशमा सरकार गठनमा नै समस्याहरु देखिए । केन्द्रमा जस्तै प्रदेशमा पनि सरकार गिराउने र बनाउने खेलहरु पनि सुरु भए । पहिलो चरणमा नाम, राजधानी र कानुन निर्माणको क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवारी तत्कालीन प्रदेश सरकारलाई थियो । तर, एकाधबाहेक प्रदेश नाम र राजधानी तय गर्नमा नै अल्मलिए । अझ कानुन निर्माणजस्तो संवेदनशील विषयमा प्रदेश सरकारहरु करिब करिब असफलजस्तो साबित भए । दोस्रो पटकको निर्वाचनपछि भने यीयस्ता यावत् समस्याहरु सल्टिने, बाँकी रहेका कानुन निर्माण हुने र प्रदेश सरकार विकास निर्माणमा व्यस्त हुने अपेक्ष जनताले गरेका थिए । तर, त्यसविपरीत यो पटक पनि प्रदेश सरकारहरु राजनीतिक दाउपेचमा नै सीमित भएका छन् ।

गत निर्वाचनमा केन्द्रमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टी बनेको थियो । तर, राष्ट्रपति, प्रधानमन्त्री जस्ता महत्वपूर्ण पदहरुमा भागबण्डा नमिल्दा निर्वाचन अघिदेखि सहकार्य गर्दै आएका कांग्रेस र माओवादीबीचको गठबन्धन टुट्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने । त्यही गठबन्धनअनुरुप प्रदेश सरकार पनि गठन भयो । तर, केन्द्रमा गरिएको त्यो गठबन्धन धेरै दिनसम्म टिक्न सकेन । राष्ट्रपतिको चुनावअघि माओवादी फेरि कांग्रेससँगको गठबन्धमा समावेश भयो । केन्द्रमा फेरिने गठबन्धनले असर गर्दा प्रदेश सरकारमा पनि धमाधम ढल्न थाले । नयाँ प्रदेश सरकारमा कांग्रेस र माओवादीको गठबन्धन हावी भयो । तर, सरकार गठनका लागि आवश्यक बहुमतको अभावमा कोशी प्रदेशमा लामो समयसम्म सरकार गठनमा अन्योल देखियो । समग्रमा भन्नुपर्दा चुनावयताको एक वर्षमा प्रदेशमा विगतमा जस्तो सरकार गठनको चलखेलमा दलहरुले समय खेर फालेका छन् ।

प्रदेशको दाँजोमा केन्द्रमा भने सरकार स्थिर देखिएको छ । थुप्रै दलहरु मिलाएर सरकार गठन गर्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री प्रचण्डले काममा भन्दा सरकार बचाउन नै ध्यानकेन्द्रित गर्नुपरेको छ । यस बीचमा सरकारले नक्कली भुटानी शरणार्थी र सुन तस्करीका काण्डमा केही कारबाही अघि बढाएको छ । तर, यी काण्डमा मुछिएका ठूला नामहरु भने कारबाहीको दायरामा आउन नसक्दा सरकारप्रति प्रश्न र आशंका भने कायमै छन् । भारत, चीन र अमेरिकासँगको सम्बन्धका विषयमा पनि प्रचण्ड सरकारको आलोचना हुँदै आएको छ । चुनाव भएको एक वर्ष नपुग्दै राजनीतिक दलहरु मिसन ८४ को अभियानमा जुटिसकेका छन् । निर्वाचन भएको एक वर्षमा पनि संघ सरकार र संसद् अत्यावश्यक कानून निर्माणमा असफल देखिएका छन् । गत कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य हुँदासम्म दर्जनौँ महत्वपूर्ण विधेयकहरु संसदम र संसदीय समितिमै अलपत्र छन् । बर्खे अधिवेशनमा अर्थसम्बन्धी विधेयक र मिटर ब्याजसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मात्र पारित भएको छ । बर्खे अधिवेशनमा अधिकांश समय प्रतिपक्षी दलको अवरोध भएको थियो भने बैठक बसेका दिन पनि उपलब्धिमूलक बन्न सकेनन् । प्रचण्ड गठन हुँदाताका नेपालको अर्थतन्त्र संकटग्रस्त थियो ।

त्यसलाई नयाँ सरकारले सुधार गर्ने अपेक्षा गरिएको थियो । तर, अर्थतन्त्रको अवस्था ज्यूँका त्यूँ छ । वैदेशिक पलायन झन् भयावह हुँदै गएको छ । हाल अर्थतन्त्रमा आएको समस्याका कारण गरिब तथा श्रमिक वर्गमा धेरै मारमा परेका छन् । किसान अझै पनि उत्पादन बिक्री नभएर आन्दोलन गर्नुपर्ने अवस्थामा छन् । न्यून आएका भएकाहरु शिक्षा, स्वास्थ्यको चर्को शुल्कका कारण मारमा छन् । बैंकबाट ऋण लिएकाहरु पनि बढ्दो ब्याजदरका कारण तनावमा छन् । तर, एकथरी दलाल बिचौलिया वर्ग भने सरकारी उदासीनताका कारण मोटाउँदै गएको छ । कम्युनिस्ट सरकार, जसको गन्तव्य समाजवाद हो, उसले बिचौलिया वर्गलाई निरुत्साहन र सर्वहारा वर्गको उत्थानका लागि योजना ल्याउनुपर्ने थियो । त्यसमा पनि सरकारले सफलता पाउन सकेको देखिँदैन ।

उत्पादनभन्दा आयातमा जोड दिने व्यापारिक प्रवृत्तिका कारण देशले आत्मनिर्भरताको बाटो समाउने सम्भावना झनै न्यून देखिएको छ । निर्वाचनयताको एक वर्षको अवधिमा देश र जनताले आखिर के पाए ? यसको गम्भीर आत्मसमीक्षा सरकार तथा सत्तामा रहेका नेताहरुले गर्न आवश्यक छ । यदि सत्तासीन राजनीतिक दलहरुले जनताकेन्द्रित भएर काम गर्ने हो भने आगामी निर्वाचन उनीहरुलाई झनै घातक हुनसक्ने यसअघिको निर्वाचनको परिणामले पनि देखाइसकेको छ । जनताले अब पुराना दल भनेर मात्र समर्थन गरिरहने अवस्था हटेको छ । काम गर्न सक्ने जो कोही, चाहे राजनीतिक दलको नभई स्वतन्त्र नै किन नहोस्, उसलाई अघि बढाउने संकेत दिइसकेका छन् । यसलाई समयमै बुझेर दलहरु आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

ओलीको भारत भ्रमण गर्ने रहर ! किन रेस्पोन्स गरेन भारतले ?

२ वर्ष अगाडि
ओलीलाई सम्मान गर्ने बालेन किन उत्रिए विरोधमा ? 

ओलीलाई सम्मान गर्ने बालेन किन उत्रिए विरोधमा ? 

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक