मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

विद्यालय जान डराउँछन् बालबालिका

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विद्यालय जान डराउँछन् बालबालिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमपश्चिम । भूकम्पपछि विद्यालय जान बालबालिका डराउन थालेका छन् । दसैँतिहार र छठ बिदापछि सोमबारबाट विद्यालय खुले पनि विद्यार्थीको न्यून उपस्थिति रहेको छ । सानीभेरी गाउँपालिका–१, चाइनाबरगस्थित भेरी दोभान माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत  दिपेश पुनमगरले स्कुल जान डर लाग्ने गरेको बताउनुभयो । भूकम्पमा परेर आमासँगै घाइते भएका पुनले स्कुलभित्र जाँदा फेरि भूकम्प आउँछ कि भनेर डर लाग्ने गरेको बताउनुभयो ।

भूकम्पले घर भत्किएपछि पुनको परिवार त्रिपालमा बस्दै आएका छन् । विद्यालय कक्षाकोठासमेत बस्न नमिल्ने अवस्थामा रहेकाले स्कुल जान मन नलागेको पुनले बताउनुभयो ।

विद्यालयमा सोमबार ३५ जना मात्र विद्यार्थी उपस्थित भएका थिए । विद्यालय चौरमै विद्यार्थीको हाजिरी लिइएको प्रधानाध्यापक पूर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

आठबिसकोट नगरपालिका–१४ का सुवास मल्लले आफ्नो बच्चा स्कुल जान नमान्ने गरेको बताउनुभयो । मल्लकी छोरी शास्त्रा मल्ल स्थानीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ । मल्लले भन्नुभयो, “घर भत्किएको छ, कापी किताब पुरिएका छन्, यता स्कुलका भवन भत्किएका छन्, बच्चाबच्चीले पढ्ने अवस्था नै छैन ।”

आदर्श माविका प्रधानाध्यापक तिलकनारायण मल्लले पर्व बिदापछि खुलेको स्कुलका सुरुवाती दिनमा कमै विद्यार्थी आएको बताउनुभयो । विद्यालयका आठ वटा भवनमध्ये पाँच वटा पूर्ण र दुई वटा सामान्य क्षति भएका छन् । विद्यालयको होस्टेलसमेत भत्किएकाले टाढाका शिक्षक विद्यार्थीको बसाइमा समस्या भइरहेको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा उपस्थित विद्यार्थीलाई खुला चौरमा मनोपरामर्श सेवा दिएर पढाइको वातावरण सहज बनाउने कोसिस गरिएको छ ।

आठबिसकोट नगरपालिका–१४ को जनविकास माविमा समेत विद्यार्थीलाई मनोविमर्श सेवा दिइएको छ । मनोविमर्शकर्ता पार्वती बिसीले बालबालिका विद्यालय आउन असहज मान्ने गरेको बताउनुभयो । उक्त विद्यालयका तीन जना विद्यार्थीको भूकम्पमा परेर ज्यान गएको थियो । भग्नावशेष घर देखेका बालबालिका उस्तै अवस्थाको विद्यालय देखेर कक्षाकोठामा उपस्थित  हुने आँट नगरेको उहाँको बुझाइ छ । विद्यालयको प्राङ्गणमा बालमैत्री स्नेही केन्द्र सञ्चालन गरेर विभिन्न खेल र मनोरञ्जनको माध्यमबाट बालबालिकालाई पढाइप्रति रुचि बढाउन कोसिस गरिरहेको मनोविमर्शकर्ता बिसीले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रसाद पुनका अनुसार जिल्लामा ५२ विद्यालय पूर्ण र ७० विद्यालय आंशिक क्षति पुगेको छ । यसबाट ५६७ वटा कक्षाकोठामा क्षति भएको छ । पुनले भूकम्पका कारण विद्यालयका ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको जानकारी दिनुभयो ।

भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन सुरु गर्ने प्रयास भइरहेको बताइन्छ । आठबिसकोटमा १३९, सानीभेरीमा ७४ र त्रिवेणी गाउँपालिकामा दुई वटा अस्थायी सिकाइ केन्द्रमार्फत पढाइ निरन्तर गरिने जनाइएको छ ।  गाेरखापत्र

यो पनि पढ्नुहोस्

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

३९ मिनेट अगाडि
संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक