बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१ सय ३९ वटा अस्थायी सिकाइ केन्द्र निर्माण अन्तिम चरणमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
१ सय ३९ वटा अस्थायी सिकाइ केन्द्र निर्माण अन्तिम चरणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ । रुकुमपश्चिमका केहि विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भईसकेको छ भने विभिन्न विद्यालयमा सिकाइ केन्द्र निर्माणको क्रममा छ ।

दसैं, तिहार र छठपर्वको अवसरमा बिदा भएका विद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाइ केन्द्र धमाधम निर्माण हुन थालेका छन् । भूकम्पबाट रुकुमपश्चिममा बढी प्रभावित आठबिसकोट नगरपालिकामा १३९ वटा अस्थायी सिकाइ केन्द्र निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यका साथ अस्थायी सिकाइ केन्द्रलाई प्राथमिकता दिइएको हो । अस्थायी सिकाइ केन्द्र निर्माणका लागि युनिसेफले नगरपालिकासँग सहकार्य गरेको नगर प्रमुख केसीले बताउनुभयो । युनिसेफले एउटा केन्द्रका लागि दुई वटा त्रिपाल, १० किलो प्लाष्टिक, ३२.५ वर्गमिटर पि फर्म र विद्यार्थीहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टका अनुसार भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ ।

विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमाएको बताउनुभयो । उहाँले नगरपालिकाभित्र रहेका ६४ विद्यालयमध्ये ५३ वटा विद्यालय, २५२ वटा कक्षाकोठा, ७६ वटा शौचालय र नौ हजार ८४७ जना विद्यार्थी प्रभावित भएको जानकारी दिनुभयो । शाखा प्रमुख विष्टले कक्षा १ देखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाउनुभयो ।

नगरपालिकाले यो समस्या समाधान गर्ने उहाँको भनाइ छ । अहिले नगरपालिकाले १३९ वटा सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गर्ने भएको छ । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । सामाजिक विकास कार्यालय रुकुमपश्चिमको तथ्याङ्क अनुसार एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एकजना शिक्षक घाइते हुनुभएको छ । भूकम्पका कारण जिल्लाका ११ हजार ९५२ विद्यार्थी प्रभावित भएका छन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२१ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक