मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्।

शनिबार जीएनएन नेटवर्कसंग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन समितिले नै निर्वाचनमा गलत भयो भनेपछि अबको विकल्प भनेको पुनः निर्वाचन नै भएको बताए। “तत्कालिन अध्यक्षहरु बद्री केसी, कुल आचार्य र रविना थापासँग बसेर भद्र सहमति गरेर सबै प्रक्रिया स्थगित गरिएको थियो । तर ८ घण्टाभित्रै जवरजस्ती कुनै पनि प्रक्रिया पूरा नगरेर बद्री केसीलाई अध्यक्ष घोषणा गर्ने काम भएपछि हामीले दुई जना अध्यक्ष कुल आचार्य र रविना थापालाई राखेर, पुरानो कार्यसमिति भंग गरेरऽ अध्यक्ष मण्डल गठन गरेर सबै प्रक्रिया पूरा पछि मात्रै मेरो नेतृत्वमा कार्यसमिति गठन भएको हो,” शर्माले भने। “वैधानिकताको कुरा गर्ने हो भने बद्री केसी पक्षले विधानसम्मत कुनै पनि प्रक्रिया पूरा नगरेकाले उहाँको कार्यसमिति बैध छैन ।

विगतमा गरेको झेलीलाई हामी मान्दैनौं । हाम्रो एकमात्र माग भनेको अखण्ड एनआरएन बनाएर पुनः चुनावमा जानुपर्छ,” उनले भने। एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले बद्री केसी र गौरीराज जोशी लगाएतले आफैले बनाएको विधानलाई कुल्चिएर गएको बताए। “हाम्रो लडाई संस्था कसरी बचाउने भन्ने लडाई हो । दशौं अधिवेशनका बेला विनोद कुवँरजीहरुलाई उहाँहरुले नै बाहिर पठाउनु भएको हो । यदि पुनः चुनाव गराउने हो भने म उम्मेदवार हुनै पर्छ भन्ने पनि छैन ।

बद्री केसीजीलाई चुनाव लड्न गाह्रो छ भने आउनुस् तपाईं र म बाहेक नेतृत्व चयन गरौं । हामी सानो सानो टुक्रे एनआरएनए बनाउने होइन, अखण्ड एनआरएनए बनाउन चाहन्छौं,” उनले भने। “भेरो भोटिङको प्रतिनिधि को हो ? त्यो पनि हामीले थाहा पाएनौं। काठमाडौंबाट भोट हालेकै उम्मेदवारको सून्य मत, अनि कतारमा बसेकाको काठमाडौंबाट मतदान जस्ता काम भएका छन् । पहिला उहाँहरुले राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँहरुले नै संघको केन्द्रीय कार्यालयमा एउटा राजनीतिक दलका कार्यकर्तालाई ल्याएर जुन हर्कत गर्नुभएको छ त्यो राम्रो भएन ।

त्यस्तै सपथ भर्चुअल गर्ने व्यवस्था विधानमा छैन । सपथ अघि अघिल्लो कार्यसमिति विघटन गर्नुपर्ने हुन्छ । तर, यहाँ गलत भएको छ,” उनले भने। एनआरएनए ७० देखि ८० लाख नेपालीको नासो भएकाले संस्था बचाउन जस्तो सुकै कदम चाल्न आफुहरु तयार रहेको पनि उनले बताए। एनआरएनएको तर्फबाट भर्खरै जाजरकोट तथा पश्चिम रुकुम मा गएको टोलीको नेतृत्व गर्दै राहत वितरण गरेर फर्केका अध्यक्ष शर्माले स्थानीय एफएम रेडियोसंग सहकार्य गरेर भूकम्प पीडितहरुका लागि मनोपरामर्श कार्यक्रम सुरु गरेको बताए ।

“कम्तिमा ५० देखि १०० वर्ष धान्ने गरी तथा कम्तिमा ८ रेक्टरस्केलको भूकम्प थेग्नेगरी संरचना बनाउन जरुरी भइसकेको छ । बरु केही समय दुःख गरेर भए पनि दीर्घकालसम्म हुने गरी पुनर्निर्माण गर्नुपर्छ । त्यसका लागि एनआरएनएले सरकारसँग समन्वय गरेर काम गर्ने छ,” उनले भने । अध्यक्ष शर्मासंगको अन्तरवार्ताको रेकर्ड यो पेजमा गएर सुन्न सकिन्छ :

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसुचक घट्याे

२ घण्टा अगाडि
सर्वोच्च शिखर सगरमाथाको आरोहण

सर्वोच्च शिखर सगरमाथाको आरोहण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक