काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा पनि नेपालभाषा लागू गर्न आवश्यक कानुन निर्माण गर्ने भएको छ ।
कार्तिक २४ गते शुक्रवार नेपाल संवत ११४४ नयाँ बर्षको उपलक्ष्यमा साथै बाग्मती प्रदेश संसदले भाषा विधेयक पारित गरेको उपलक्ष्यमा चौतारामा आयोजित भिंतुना अर्थात शुभकामना कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नेपालभाषालाई लागू गर्न आवश्यक पहल गर्ने बचन दिनु भएको थियो ।
नेवाः देय् दबू केन्द्रीय समिति, स्वनिगः विशेष प्रदेश समिति र वाग्मती प्रदेश समितिको संयोजन, जिल्ला समिति, नगर समिति र मिसा दबूको संयुक्त आयोजनमा भएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख निराजन श्रेष्ठले भाषा विधेयक पारित भएको अत्यन्तै राम्रो काम भएको बताउनु भयो ।
नेवाः देय् दबू केन्द्रीय उपाध्यक्ष एवं बाग्मती प्रदेशका इन्चार्ज शान्त श्रेष्ठले नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषाको रुपय् लागू गर्ने काम अत्यन्तै राम्रो भएको बताउदै बाग्मती प्रदेशभरी नै देय् दबूको तर्फवाट अभियान संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा चौतारा नगरपालिकाका उपप्रमुख सीता थापा, पूर्व मेयर अमानसिंह तामाङ, सिन्धु नेवाः खलःका अध्यक्ष माधवलाल कर्माचार्य लगायतले शुभकामनाम मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममका प्रमुख वक्ता नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष एवं पत्रकार श्रीकृष्ण महर्जनले बाग्मती प्रदेशसभावाट भाषा विधेयक पारित गर्नका लागि भएको संघर्ष, भाषा आन्दोलन र नेपाल संवतको आन्दोलनको बारेमा चर्चा गर्दै बाग्मती प्रदेश भित्रका सबै स्थानीय सरकार पालिकामा पनि भाषा सम्वन्धी कानुन निर्माण गर्न र नेपाल संवत र नेपालभाषा प्रयोगकालागि अभियान संचालन गर्ने काम स्वनिगः विशेष प्रदेशले जारी राखेको बताउनु भयो ।
उहाँले केन्द्रीय सरकारलाई पनि भाषा सम्वन्धी र सम्वत सम्वन्धि कानुन निर्माण गर्नका लागि माग गर्दै अभियान संचालन गरेको चर्चा गर्दै नेपाल संवतलाई बाग्मती प्रदेशले प्रयोग गर्ने कुरा भाषा विधेयकमा भएको बताउनु भयो ।
नेवाः देय् दबू सिन्धुपाल्चोक जिल्ला समितिका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा केन्द्रीय सचिव हरिकुमार श्रेष्ठले संचाल गर्नु भएको उक्त कार्यक्रममा बागमती प्रदेशका सचिव सिता कसजुले धन्यबाद मन्तब्य दिनु भएको थियो ।
औपचारिक कार्यक्रम पछि नेवाः देय् दबूको नेतृत्व चौतारा नगरपालिकाम पुगी मेयर सापकोटालाई नेपालभाषा, लिपि र नेपाल संवतलाई औपचारिक रुपमा कार्यान्वय गर्नका लागि ज्ञापन पत्र शुक्रवार नै दिएको थियो । सो क्रममा मेयर सापकोटाले समुदायको यो मागलाई तत्कालै सम्वोधन गर्ने बताउनु भयो । त्यसै गरि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा पनि नेपाल भाषा र लिपिको प्रयोगका लागि ध्यानाकर्षण पत्र बुझाएको थियो ।


