बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुरक्षा निकायका प्रदेश प्रमुखसँग सुर्खेतको वीरेन्द्रनगरमा छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुरक्षा निकायका प्रदेश प्रमुखसँग सुर्खेतको वीरेन्द्रनगरमा छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पपछिको उद्दार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्नुभएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्दार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरुले पुर्याएको सहयोगका लागि संघीय सरकारकातर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले भूकम्प पीडितलाई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र भारत, चीनलगायतका देशका साथै अन्तर्राष्ट्रिय दातृ निकायहरु, गैरआवासीय नेपाली, स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई तीनै तहका सरकार र भूकम्प पीडित जनताकातर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको हो।

उपप्रधानमन्त्री खड्काले भूकम्पका घाइतेको उद्दार र राहतको एक चरणको काम सकिएको उल्लेख गर्नुहुँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी गराउनुभयो।

उहाँले भूकम्प पीडितका लागि अस्थायी आवास र योसँग  सम्बन्धित अन्य सहयोगका लागि आवश्यक निर्णय सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिनुभयो।

‘‘प्रधानमन्त्रीले सोमबारका लागि मन्त्रिपरिषद् बैठक आव्हान गर्नुभएको छ, त्यसमा सहभागी हुन म काठमाडौं जाँदैछु,’’ बैठकमा उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘प्रदेश सरकार, सभामुख र सुरक्षा अंगका प्रदेश प्रमुखहरुबाट आएका सुझावलाईसमेत ध्यानमा राखेर थप निर्णयहरु गर्दैछौं।’’

छलफलमा सहभागीहरुले भूकम्पपछिको उद्दार र राहतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पुर्याएको योगदान र भूमिकाको प्रशंसा गर्दै पीडितहरुलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा पनि यस्तै सक्रियताको अपेक्षा राखे।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उपप्रधानमन्त्रीको नेतृत्वमा एकै दिनमा घाइतेको उद्दार हुनुका साथै एक साताको अवधिमा पीडितहरुसम्म राहत सामाग्री पुर्याउन सकिएको बताउनुभयो।

पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्प लगत्तै भएको उद्दार र राहतका कामले कर्णाली विपत्तमा पनि तत्काल काम गर्न सक्षम छ भन्ने देखाएको बताउनुभयो। उहाँले कर्णालीबाट राज्यको महत्वपूर्ण स्थानमा रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको सक्रियता सबैका लागि प्रेरणा बनेको बताउनुभयो।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नेतृत्वले प्रदेश सरकारलाई काम गर्न सहज भएको बताउनुभयो।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले १० दिनसम्म कर्णालीमा रहेर पुर्याएको योगदान भूकम्प प्रभावित क्षेत्रका जनताका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तत्काल घाइतेको उद्दार र राहतका कामले जनताले संघीयताको प्रत्यक्ष अनुभूति गर्न पाएको बताउनुभयो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिमप्रसाद ढकालले भूकम्पका कारण प्रहरीका ४० वटा युनिटमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले क्षति पुगेका संरचनाको निर्माणका साथै गाउँमा रहेका प्रहरी युनिटलाई सवारी साधनको व्यवस्था गरिदिन माग गर्नुभयो।

उत्तर पश्चिम पृतना हेडक्वाटरका प्रमुख कृष्णदेव भट्टले भूकम्प पीडितहरुको उद्दार र राहत प्रभावकारी भएको बताउँदै अव अस्थायी आवास निवासका लागि समुदायलाई सक्रिय बनाइनुपर्ने बताउनुभयो।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले जाजरकोटमा गएको भूकम्पबाट घाइते भएकाहरुको उद्दार र राहतमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले जस्तोसुकै विपत्तिमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल सक्षम रहेको बताउनुभयो। उहाँले भूकम्पका घाइते नागरिकहरुको उपचारका लागि सरकारले प्रदेश अस्पताललाई तोकेकोमा धन्यवाद दिनुभयो।

बैठकमा सशस्त्र प्रहरी बलका डिआइजी प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका कर्णाली प्रदेश प्रमुख माधनप्रसाद तिमिल्सेनालगायतको सहभागीता थियो।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक