बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका –७ मा १५ शैय्या अस्पतालको सिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले आज सो कुरा बताउनुभएको हो ।

उहाँले वि.सं. २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले हाल स्वास्थ्य क्षेत्रमा करिब २५ प्रतिशत मात्र जनशक्ति रहेका कारण एउटै स्वास्थयकर्मीले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “वि.सं. २०५४ देखि स्वास्थ्यमा दरबन्दी थपिएको छैन, २२ वर्षअघि म स्वास्थ्य राज्यमन्त्री हुँदा तत्कालीन समयमा स्वास्थ्यमा ३३ हजार दरबन्दी थियो । अहिले उक्त सङ्ख्या ३१ हजारमा छ भने व्यवहारमा २८ हजारले मात्रै रहेकाले स्वास्थ्यमा आवश्यक पर्ने जनशक्ति पूर्ति गर्नका लागि दरबन्दी थप प्रक्रिया अघि बढाइएको छ” स्वास्थ्यमन्त्री बस्नेतले थप्नुभयो ।

उहाँले आगामी छ महिनाभित्र नेपालका अस्पतालमा स्वास्थ्यकर्मी नपाएर रित्तिनुपर्ने अवस्था नआउने दावी गर्नुभयो । उहाँले देशभरका ७५३ वटा स्थानीय तहमा निर्माणका लागि अस्पतालहरु सिलान्यास गरिए पनि कुनै पनि भवन पूरा हुन नसकेको बताउनुभयो ।

उहाँले देशका कतिपय स्थानमा बनेका अस्पतालहरु ओडार बनेको बताउँदै जनशक्तिको अभाव, भवनको अभाव तथा उपकरणको अभावमा काम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा कामहरु अघि बढाएको बताउनुभयो ।

हाल स्वास्थ्य क्षेत्रमा करिब ५ प्रतिशत मात्रै बजेट रहेकाले थोरै बजेटमा पनि काम गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । सङ्घीय सरकार र मण्डनदेउपुर नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको अस्पताल २०८१ पुस १ गतेभित्र निर्माण सम्पन्न गर्न क्षितिज–ग्रिनतारा जेभीसँग गत जेठ ३२ मा सम्झौता भएको थियो ।

२२ करोड ८६ लाख ७० हजार ४४७ रुपियाँको लागतमा १५ शैय्याको अस्पताल निर्माण हुनेछ । नगरपालिकामा हाल प्रदेश सरकारको सहयोगमा निर्माण भएको पाँच शय्याको अस्पताल सञ्चालनमा  छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक