मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो। भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो।

आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुने छ। त्यसअघि आईसिसीका अधिकारीहरूले अनलाइन बैठक गर्दै बोर्डलाई निलम्बन गरेका हुन्।

आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्याधिक हस्तक्षेप गरेको भन्दै कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप स्विकार नहुने बताएको छ। विश्वकपमा श्रीलंका अन्तिम खेलमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो।

१८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ। तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन। किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन्।

यू-१९ विश्वकपको आयोजना खोस्न सक्ने

एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ। आगामी आईसीसी कार्यक्रमको आयोजना उनीहरुबाट खोस्न सक्ने जनाइएको छ। पुरुष यू-१९ विश्वकप अर्को वर्षको जनवरी-फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ।

श्रीलंकाको निराशाजनक प्रदर्शन पछि श्रीलंकाको खेलकुद मन्त्रालयले सोमबार, ६ नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गर्दै अन्तरीम बोर्ड गठन गरेको थियो। खेलकुद मन्त्री रोषन रणसिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

श्रीलंकाको अदालतले पनि बोर्ड विघटन गर्ने निर्णयलाई आगामी १४ दिनका लागि रोक लगाएको थियो। बोर्डमा सरकारको यो हस्तक्षेपपछि एसएलसीका अध्यक्ष शम्मी सिल्भाले आईसीसीसँग सहयोग मागेका थिए। आईसीसीले तत्कालै अनलाइन बैठक र बोर्ड सदस्यता निलम्बन गरेको छ।

श्रीलंकन बोर्ड पछिल्लो ४ वर्षमा निलम्बन हुने दोस्रो बोर्ड बनेको छ। यसअघि सन् २०१९ मा जिम्बाब्वे क्रिकेट बोर्ड पनि सरकारको हस्तक्षेपपछि आईसिसीको निलम्बनमा परेको थियो।

निलम्बनपछि जिम्बाब्वेका सबै क्रिकेट गतिविधिहरु रोकिएका छन् र उनीहरुको आर्थिक सहयोग पनि रोकिएको छ। तर परिस्थिति हेर्दा श्रीलंकाली क्रिकेटलाई लिएर त्यस्तो कडाई नहुने देखिन्छ। जिम्बावे क्रिकेट बोर्डको निलम्बन पनि ३ महिनापछि फुकुवा भएको थियो

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक