आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन सकेन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भूकम्प प्रभावित क्षेत्रमा  राहत वितरण प्रभावकारी हुन सकेन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो ।

समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको छ । समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह समेत गरेका छन् ।

सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि उनले सचेत गराएका छन् । चिसो बढ्दै जाँदा भूकम्प पीडित थप मारमा छन् ।

जाजरकोट भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ । भूकम्पमा घाइते भएका रुकुम पश्चिमका निरोज विष्टको उपचारका क्रममा ज्यान गएको हो । भूकम्पबाट जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाएका हुन् । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पमा परेर तीन सय ६३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार पूर्णरुपमा २६ हजार ५ सय ५७ र आंशिकरुपमा ३५ हजार ४ सय ५५ घरमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

१ घण्टा अगाडि
न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक