बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साइबर शिक्षा दिन आवश्यक : मन्त्री शर्मा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साइबर शिक्षा दिन आवश्यक : मन्त्री शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।

फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको जनाउनु भएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ ।

यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताउनुभयो ।

उहाँले समाजमा सूचना प्रविधिको दुरुपयोगका घटना पनि बढ्न थालेकाले यसप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “हिजो मात्रै हामीले मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका पारित गरेका छौं । सामाजिक सञ्जाल एकातिर अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो र यसबाट राम्रो आयआर्जन पनि भएको छ भने अर्कोतिर यसबाट मानिसका व्यक्तिगत सुरक्षादेखि सामाजिक प्रतिष्ठा र सामाजिक सद्भावविरुद्धका काम पनि भइरहेका छन्, त्यसैले यसको प्रयोगमा सबै प्रयोगकर्ताहरु सचेत रहनुपर्छ भन्ने नै निर्देशिकाको मूल मर्म रहेको छ ।”

मन्त्री शर्माले सूचना र प्रविधिको युगमा जुन – जुन क्षेत्रमा यसको प्रयोग बढाउँदै लगिएको छ, ती क्षेत्रले सकारात्मक नतिजा दिने गरेको भनाइ राख्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएर लैजानुपर्छ । त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कले मार्गदर्शन गरे पनि अपेक्षित परिणाम आउन सकिरहेको छैन, यसमा सबै पक्षमा गम्भीर हुन आवश्यक छ ।”

सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकास गर्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासबाट देखिएको स्पष्ट गर्दै उहाँले पछिल्लो समय नेपाल सरकारले पनि यसलाई आधारभूत आवश्यकताको रुपमा परिभाषित गरेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “सूचना र प्रविधिको विकास गरेर यसकै माध्यमबाट देशलाई समृद्धिको बाटोमा अघि बढाउन विभिन्न काम भइरहेका छन् । सूचना प्रविधिको माध्यमबाट गरिने आर्थिक क्रियाकलाप गर्दा भूपरिवेष्टित देश वा धनि गरीब भनेर पछि पर्ने अवस्था नभएकाले नेपालका लागि यो अझ बढी महत्वपूर्ण छ ।”

कार्यक्रममा मन्त्री शर्माले वि.सं. २०१६ सालमा फूल्चोकी माध्यमिक स्थापनाका लागि पहल गर्ने संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ तथा सदस्यहरु बुद्धिबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी र न्हुच्छेदास नापितका सालिक अनावरण तथा विद्यालयको विकासमा योगदान गर्नेहरुको इतिहास संस्थागत गर्न प्रकाशित स्मारिका विमोचन गर्नुभयो । उहाँले पालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सफल नेतृत्व गरेको भन्दै गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक