शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

तिहार केन्द्रित सामग्रीको कारोबार बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तिहार केन्द्रित सामग्रीको कारोबार बढ्याे

9sdSs ;okqL km"n e/tk'/,@$ sflQs M lrtjgsf] sflnsf gu/kflnsf–@ df Jofj;flos ?kdf nufOPsf] ;okqL km"n . ls;fg uf]ljGb afF:tf]nfsf] kl/jf/n] tLg la3f If]qkmndf ltxf/nfO{ nlIft u/L ;okqL km"n v]tL u/]sf] xf] . tl:a/ M s[i0f cfrfo{÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहार केन्द्रित सामग्रीको कारोबार बढेको छ । उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी, मङ्गलबजारलगायत देशका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टीका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्नेको घुइँचो लाग्न थालेको छ । यसपालि भाइ मसलाको भाउ १० प्रतिशतसम्मले बढेको नेपाल खुद्रा व्यापार सङ्घका कार्यकारी अध्यक्ष नरेश बाबु शाहीले बताउनुभयो ।

तिहारमा चाहिने सप्तरङ्गी टीका, पाला, मैनबत्ती, फूलमाला, बिजुली बत्तीलगायतका अरु सामानको भाउ पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै, तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने चटारो छ । तिहारका लागि मखमली, सयपत्री र गोदावरी फूल टिप्ने तथा माला उनेर बजारमा पठाउन भ्याइनभ्याइ छ । भाइटीकामा मखमली फूलको माला अनिवार्य मानिन्छ भने लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन या पसल, कार्यालय, व्यावसायिकस्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले भक्तपुर, चितवन, बर्दियालगायत फूल खेती हुने जिल्लाका किसानले फूल टिप्न र माला बनाउने कामलाई तीव्र पारेका छन् । तिहारलाई फूलको पर्व पनि मानिन्छ ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका ठाउँमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बर्दिया गुलरिया नगरपालिका–३ खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताउनुभयो । उत्पादन भएका फूल टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ र काठमाण्डौसम्म नै पठाउने गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक