बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायली दुतावास र कतारी दुतावास अगाडि शान्ति समाजकाे प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इजरायली दुतावास र कतारी दुतावास अगाडि शान्ति समाजकाे प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा २०८० कार्तिक २३ गते मध्यान्ह् एकसाथ नेपालस्थित इजरायली दुतावास र कतारी दुतावास अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।

युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न इजरायललाई आग्रहसहित “युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई स्विकार गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न र मानवता विरुद्धको अपराधलाई रोक्न” आह्वान गर्दै नेपालस्थित इजरायली राजदुतावास अगाडि प्रदर्शन गरिएको हो । यसैगरी शान्ति समाजका तर्फबाट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र नेपालस्थित इजरायली दुतावासले बुझ्न नमानेको हुँदा इमेलबाट पठाइएको छ ।

पत्रमा शिघ्र युद्धविरामका लागि संयुक्त राष्ट्रसंघ लगायत विश्वव्यापी आह्वानलाई स्विकार गर्न इजरायललाई आग्रह गरिएको छ भने इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मानवता विरुद्ध अपराध ठहरिने कार्य बन्द गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

यसैगरी आतंकवाद विरुद्ध बलियोसँग उभिन कतारलाई आह्वान गर्दै सम्पन्न प्रदर्शनमा सन् २०२३ को अक्टोवर ७ का दिन हमासद्वारा इजरायलमा भएको आतंकी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना शर्त शिघ्र रिहाइका लागि जोड दिइएको छ ।

स्मरणीय छ, हमासका मुखिया इस्माइल हानीयेह कतारमा रहेको र खुला गतिबिधि गरिरहेको हुँदा कतार सरकारमार्फत जोशी लगायत सबै बन्धकहरुको रिहाईका लागि सार्थक पहल गर्न आग्रह गरिएको हो ।

कतारी दुतावास अगाडि चुन्नीखेल ललितपुरमा भएको प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट कतारका प्रधानमन्त्री शेख मोहम्मत विन अब्दुलरहमान विन जसिम अल थानीलाई लेखिएको ज्ञापनपत्र कतारी दुतावासमा बुझाइएको थियो ।

ज्ञापनपत्रमा आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको अवगत गराउँदै कतारलाई आतंकवाद विरुद्ध बलियोसँग उभिन आह्वान गर्नुका साथै हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना सर्त शिघ्र रिहाइका लागि सार्थक पहल गर्न आग्रह गरिएको छ । काठमाण्डौ चण्डोलस्थित इजरायली दुतावास अगाडि भएको प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल, सचिवत्रय रामप्रसाद जोशी, लक्ष्मीनारायण मिश्र र प्रकाश शाही, केन्द्रीय सदस्यहरु नम्रता खरेल, देवराज भट्टराई, अरुण ज्ञवाली, जानुका अधिकारी, ज्योति बाल्मिकी, नुवाकोट शाखा सभापति नारायणमान डंगोल, सदस्यहरु सम्झना बुढा, रमेश बराल, मणिराम दाहाल, केदार दाहाल लगायत शान्तिवादीहरुको सहभागिता थियो भने ललितपुर चुन्नीखेलस्थित कतारी दुतावास अगाडि सम्पन्न प्रदर्शनमा समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व सचिव बलबहादुर गाहा मगर, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, काठमाण्डौ शाखा उपसभापति विकास थापा सदस्यहरु ईश्वर पुडासैनी, नानीकाजी गिरी, रेजिना राई, गंगा खत्री, मन्दिर अमात्य, सुकदेव अधिकारी, शान्ता थापा लगायत शान्तिवादीहरुको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१८ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक