शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इतिहासको पानामा लेखिएको ‘टाइम आउट’ दोषी सकिब की म्याथ्युज?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
इतिहासको पानामा लेखिएको ‘टाइम आउट’ दोषी सकिब की म्याथ्युज?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप क्रिकेटमा सोमबार एउटा एतिहासिक घटनाले अहिले चर्चा पाइरहेको छ। क्रिकेट नियममा भएपनि कतिपय कुराहरु मानविय र संवेदनाका हिसावले प्रयोगमा आउँदैनन् थिए। तर सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकपको खेलमा इतिहासको पानामा एउटा विशेष घटनाका कारण संधै सम्झनामा रहने छ।

बंगलादेश विरुद्ध पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि ब्याटिङमा आएका एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ दिइयो जुन अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याटर टाइमआउट भएको यो पहिलो घटना हो। श्रीलंकाले चौंथो विकेट गुमाएपछि क्रिजमा आएका एन्जेलो म्याथ्युज ब्याटिङमा आएपनि उनले स्ट्राइक लिन २ मिनेटभन्दा केही बढी समय लिए। यसैबीच बंगलादेशका कप्तान शकिब अल हसनले टाइम आउटका लागि अपिल गरेपछि अम्पायरले म्याथ्युजलाई आउट घोषीत गर्दिएका थिए।

इनिङ्सको २५ औं ओभरमा सदिरा समरविक्रमाको विकेट खसेपछि एन्जेलो म्याथ्युज मैदानमा आए। उनी ब्याटिङको तयारी गर्दै थिए, जब उनको हेल्मेटको स्ट्र्याप फुट्यो। यस्तो अवस्थामा उनले अर्को हेल्मेट मगाए। ड्रेसिङ रुमबाट हेल्मेट आएर म्याथ्युज खेल्न बाहिर निस्कँदा २ मिनेट बितिसकेको थियो।

लगतै बंगलादेशका कप्तान शकिब अल हसनले म्याथ्युजलाई आउट दिन अम्पायरसँग अपिल गरेका थिए। अम्पायरले शकिबलाई साँचिकै होकी ठट्टा  गर्दै हुनुहुन्छ भनेर सोधेका थिए। साकिब आफ्नो अपीलमा अडिग रहेपछि अम्पायरले म्याथ्युजलाई आउट घोषित गरिदिए। अम्पायरको निर्णयसँगै म्याथ्यूज पेभिलियन फर्कुन पर्‍यो।

क्रिकेटको नियम बनाउने नियमक निकाय मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)का अनुसार टेस्ट क्रिकेटमा अन्तिम विकेट परेको ३ मिनेटसम्म पनि ब्याट्सम्यान खेल्न तयार भएन भने उसले विपक्षीलाई अपिलको मौका दिन्छ। एकदिवसीय क्रिकेटमा यो समय २ मिनेट र टी-२० मा ९० सेकेन्डको हुन्छ। तर यो केही सेकेन्ड ढिलो हुँदैमा विपक्षीले यस्तो अपिल गर्दैनन्।

खेल भावना विपरीत सकिबको अपिल

नियम अनुसार यस्तो आउट भएपनि यस्तो अपिल गर्नुलाई सामान्यतया खेल भावनाविपरीत मानिन्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि पनि यस्ता घटना भएका छन, जब फिल्डिङ कप्तानले अपिल गर्न सक्थे तर उनले त्यसो गरेनन्। यस्तो अवस्थामा साकिबले किन अपिल गरे भन्ने प्रश्न उठ्छ। यसका पछाडि तीनवटा कारण हुन सक्छन्।

शकिबको टोलीले विश्वकपमा अहिलेसम्म एउटा मात्र खेल जितेको छ। यस्तो अवस्थामा अर्को खेल जित्ने दबाबमा शकिब जुनसुकै हदसम्म जान तयार थिए।

सन् २०१८ देखि बंगलादेश र श्रीलंकाबीच मैदानमै प्रतिस्पर्धा भइरहेको छ। त्यसपछि निदाहास ट्रफीमा बंगलादेशका मुस्फिकुर रहिमले श्रीलंकाविरुद्ध ३५ बलमा अविजित ७२ रनको इनिङ खेलेर नागिन डान्स गरेका थिए। यो श्रीलंकाली टोलीलाई चिढ्याउने काम भएको बताइएको छ। पछि एसिया कपमा श्रीलंकाले बंगलादेशलाई हराएपछि श्रीलंकाका खेलाडीले पनि नागिन डान्स गरेका थिए। अर्थात यि दुई देशबिचक क्रिकेट दुश्मनी बढ्दो मानिन्छ।

अर्को कारण सन् २०२५ को च्याम्पियन्स ट्रफीमा सहभागी हुने ८ टोलीको निर्णय यस विश्वकपले गर्ने छ। विश्वकपको लिग चरण सकिएपछि अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले पाकिस्तानले आयोजना गरेको प्रतियोगिता खेल्ने छन्। पाकिस्तान आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ। शीर्ष ८ मा रहन दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ।

यो पनि पढ्नुहोस्

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

२२ घण्टा अगाडि
राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक