शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असई हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
असई हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी भएको छ। संघीय राजधानीमै असई समेतको संलग्नतामा डाँकाचोरी भएको हो।

डाँकाचोरी प्रकरणमा ३ प्रहरीसहित ५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरीलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

उनीहरुविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासमा सुनुवाइ भइरहेको छ। थुनछेक बहस सकिएपछि पुर्पक्षमा थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।

माथि नाम उल्लेखित पाँच जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। असोज २१ गते राति उनी ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।

रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए।

ठमेलबाट पानीपोखरी पुग्दा, रातिको करिब साढे ११ बजेको थियो। त्यतिबेला हाल प्रतिवादी बनाइएका सन्तोष पुरीले दुबै कारलाई रोकेको थिए। त्यसपछि पुरीले ‘यी केटीहरुलाई कहाँ बेच्न हिँडेकोरु’ भन्दै प्रश्न गरेका थिए। त्यसपछि उनीहरु सबैलाई कारबाट उतारेर ड्युटीमा रहेका असई सुनबहादुरले प्रहरी भ्यानमा राखेर त्रिवि शिक्षण अस्पताल हुँदै निर्मल निवासको गल्लीतर्फ लगेको रोकाको भनाइ छ।

निर्मल निवासको गल्लीमा पुर्‍याएपछि कुटपिट गर्दै आफ्नो साथमा भएको साढे १७ हजार रुपैयाँ लुटपाट गर्नुका साथै असई तामाङसहितको टोलीले डेढ लाख रकम माग गरेको थियो। त्यसपछि ई–सेवामार्फत् थप २५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएर साढे ४७ हजार रुपैयाँ असई तामाङसहितको टोलीले डाँकाचोरी गरेको रोकाले जाहेरीमा उल्लेख गरेका छन्।

आफू लुटिएपछि तत्कालै रोकाले प्रहरी कन्ट्रोल १०० मा फोन गरी घटनाबारे जानकारी गराएका थिए। असोज २३ गते जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा समेत डाँकाचोरी गरेको देखिएपछि उनीहरुलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा कुमार नगरकोटीले केटीहरुसँग सम्पर्क गरी ग्राहकसम्म पुर्‍याउने काम गर्ने गरेका थिए। यस्तै, पुरी द्वयले पनि नगरकोटीलाई केटी ल्याउन भनेर काम लगाएको, लुटपाटको योजना बनाएर प्रहरीको सहयोगमा लुटपाग गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताए।

पुरीकै योजनामा नगरकोटी र रोकाले कारमा केटी राखेर ल्याएपछि कहाँ बेच्न हिँडेको भन्दै प्रहरी भ्यानमा राखेर डरधम्की दिँदै लुटपाट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

१ घण्टा अगाडि
प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक