आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेपाल–अमेरिका सम्बन्धमा ध्यान पुग्नैपर्ने विषय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

परराष्ट्रमन्त्री एनपी साउद हाल अमेरिका भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही समयअघि संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा भाग लिने क्रममा अमेरिकाको भ्रमण गरेका थिए । केही वर्षयता नेपाल तथा अमेरिकी उच्चस्तरीय भ्रमणको शृंखलाको रुपमा यसलाई बुझ्न सकिन्छ । साउदले पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच सोमबार वासिङटन डीसीमा भेटवार्ता गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगका कारण अमेरिकासँगको सम्बन्धमा देखिएको विवादले यस्ता भेटवार्तामा अब आशंका गर्नुपर्ने आवश्यकता भएको छ । अर्कोतर्फ अमेरिकासँगको सम्बन्ध विस्तार गर्दै गर्दा नेपालका दुई छिमेकी देशसँगको सम्बन्धमा के कति असर पर्न सक्छ भन्ने विषयमा सरकार तथा उच्चपदस्थ अधिकारी सचेत पनि बन्नुपर्छ ।

भूपरिवेष्ठित राष्ट्र नेपाललाई दुई विशाल र विश्व अर्थतन्त्रका प्रमुख खम्बा छिमेकी देशहरु भारत र चीनबाट अवसर र चुनौती उत्तिकै छ । दुवै देशको तुलनामा निकै सानो नेपाललाई आफ्नो व्यापारिक कारोबारका लागि पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बाध्यता छ । नेपालले विशेषगरी भौगोलिक सुगमताका कारण भारत तथा यसका बन्दरगाह हुँदै धेरै वस्तुको आयात गरिरहेको छ । अर्कोतर्फ चीनसँगको नेपालको सम्बन्ध सुमधुर रहँदै आएको छ । तर, दुवै देश एकअर्काको दुश्मन हुँदा त्यसको मार भने नेपाललाई पर्दै आएको छ । दुवै देशले नेपाललाई आफ्नो तर्फ पार्न खोज्दा अर्को पक्ष चिढिने हो कि भन्ने चिन्ता पनि छ । यही कारण लामो समयदेखि भारत र चीनको चासो नेपालमा रहँदै आएको छ । अझ भारतले त हस्तक्षेपकारी भूमिका देखाउँदै आएको इतिहास नै रहेको छ । चीन र भारतलाई कसरी सन्तुलनमा राख्ने भन्ने चिन्ता नेपालका अधिकांश सरकार प्रमुखलाई हुँदै आएको छ । विगतमा कुनै सरकार प्रमुख चीनतर्फ वा कुनै भारततर्फ ढल्किँदा त्यसको असर भने नेपाल र नेपालको कूटनीतिक क्षेत्रमा पर्दै आएको छ । यस्तो समयमा चीनको प्रतिद्वन्द्वी देखिएको अमेरिकासँगको सम्बन्धमा पनि नेपालले झनै सतर्कता अपनाउन आवश्यक छ ।

हाल साउद र ब्लिन्केनबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार, साझेदारीको सुदृढीकरणमा जोड दिने, ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना कार्यान्वयन, अक्टोबर ७ मा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु तथा विकासका प्राथमिकताहरुमा अमेरिकाको थप सहयोगको बारे कुराकानी भएको छ । वासिङ्टनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उनीहरुबीच द्विपक्षीय सम्बन्धका साझा हितका साथै साझा सरोकारका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको उल्लेख गरेको छ । परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेको दूतावासले जनाएको छ । भेटवार्तामा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिइएको छ । तर, यसलाई अवसर मात्र नभई अहिलेको विश्वको भूराजनीतिक जटिलताको दृष्टिकोणले पनि हेर्न आवश्यक छ ।  जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१२ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक