आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी  

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।

मलेसियाबाट आएका एक कम्पनीले डिडिसीका प्रतिनिधिहरूसँग छलफल गरी दुग्धजन्य पदार्थ खरिदका लागि सकारात्मक देखिएको बताइएको छ । डिडिसीका महाप्रबन्धक सञ्जिव झाका अनुसार मलेसियाका एक कम्पनी नेपाल आएर कात्तिक २ गते छलफल गरेर फर्केको छ र अन्य प्रक्रियाको बारेमा आन्तरिक तयारी चलिरहेको छ ।

ती कम्पनीले डिडिसीबाट बोतलमा भएको ‘फ्रेसमिल्क’ लैजाने भनी छलफल गरेको छ । ती कम्पनीले प्रतिवर्ष करिब २५ लाख बोतल ‘फ्रेसमिल्क’ लैजान सकिने भनेको छ तर त्यसमा त्यो कम्पनीले आफ्नो सर्त राखेको महाप्रबन्धक झाले बताउनुभयो । ती कम्पनीले बोतलमा मेडइन नेपाल अथवा डिडिसी लेखिए पनि ब्रान्डको नाम आफ्नो देशको हुने सर्त राखेको छ । त्यो सर्तमा सहमति नभए पनि डिडिसी सकारात्मक देखिएको स्रोतले जनाएको छ ।

डिडिसीबाट दुग्धजन्य पदार्थ गुणस्तरीय रहेको र त्यही कारणले आफूहरू आकर्षित भएको धारणा कम्पनीका प्रतिनिधिहरूले राखेका थिए । डिडिसी पनि ‘फ्रेसमिल्क’ दिन तयार छ तर ब्रान्डको विषयमा थप छलफल गरेर जानकारी गराउने भनिएको महाप्रबन्धक झाले बताउनुभयो ।

ती कम्पनीले पनि आपसमा थप छलफल गरेर जानकारी गराउनेछ भने यताबाट पनि बोतलमा मलेसियाको ब्रान्डको नाम राख्ने की नराख्ने बारेमा छलफल गरेर जानकारी गराउने उहाँले बताउनुभयो । आफूहरूसँग अहिले ६० करोडभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको र यो दिनदिनै बढ्दै गइरहेका कारणले बाहिर निर्यातका लागि पहल सुरु गरेको उहाँले बताउनुभयो । उहाँले भारत, जापान, बङ्गलादेशलगायतका देशका कम्पनीहरूसँग पनि अनौपचारिक छलफल सुरु भएका छन् र चाँडै नै कुनै न कुनै उपाय निकाल्ने बताउनुभयो । त्यसै गरी यस पटकको दसैँतिहार तथा छठ पर्वमा दुध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्नका लागि डिडिसीले सहुलित बजार सञ्चालनमा ल्याएको छ ।

डिडिसीको केन्द्रीय कार्यालय लैनचौरलगायत अन्य ठाउँमा पनि सहुलियत पसल सञ्चालनमा ल्याएको छ । भाटभटेनीलगायत अन्य ठाउँमा पनि सहुलियतको व्यवस्था गरेको छ । महाप्रबन्धक झाले भन्नुभयो, “यो चाडपर्वमा छुट दिएर भए पनि मौज्दात रहेका दुग्धजन्य पदार्थ बिक्री गर्नुपर्ने हुन्छ, यही चाडपर्वमा बिक्री वितरण गरेर किसानको बक्यौता रकम भुक्तानी गर्ने सोच बनाएको छु ।” डिडिसीको करिब ५० करोड रुपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

५ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक