शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

भारतसँग मल कारखाना स्थापना गर्न छलफल अगाडि बढाइने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भारतसँग मल कारखाना स्थापना गर्न छलफल अगाडि बढाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा भारतले नेपाल सरकारसँग छलफल अगाडि बढाएको छ ।

भारतका रसायन एवं उर्वरक (मल) मन्त्रालयका प्रतिनिधि आएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किसकेका छन् । नेपालमा मलको खपत, निर्यातको अवस्था, कारखाना लगाउने स्थानलगायतका बारेमा प्रारम्भिक अध्ययन गर्नका भारतबाट प्रतिनिधि आएका थिए । उनीहरूले रासायनिक मलको कारखाना स्थापनाका बारेमा कृषिमन्त्री डा. वेदुराम भुसाल, कृषिसचिव डा. गोविन्द शर्मालगायत अन्य सरोकारवालासँग छलफल गरेका छन् ।

उनीहरूले कृषि मन्त्रालय अन्तर्गतकै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अधिकारीहरूसँग पनि त्यस विषयमा छलफल गरेका छन् । भारतका रसायन विभागका निर्देशक नीराजन लालको नेतृत्वमा आएका प्रतिनिधिले नार्कका प्रतिनिधिसँग छलफल गर्दै मलको खपत, उत्पादन, निर्यातलगायतका विषयमा छलफल गरेका हुन् ।

नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले भारतीय प्रतिनिधिले नेपालमा मल कारखाना खोल्ने चासो देखाएको बताउनुभयो । भारतीय पक्षले तराई मधेश खास गरी मधेश प्रदेशमै कारखाना खोल्न पाए हुन्थ्यो भन्ने धारणा राखेको छ । सबभन्दा बढी मल खपत हुने ठाउँ मधेश प्रदेश हो भन्दै उनीहरूले त्यहाँ कारखाना स्थापना गर्न सकियो भने त्यहाँबाट भारत निर्यात गर्न पनि सजिलो हुने धारणा राखेको निर्देशक पाण्डेले बताउनुभयो ।

नेपालसँग जोडिएका भारतका नजिकका प्रदेशलाई नेपालबाट नै मल आपूर्ति गर्ने सोच उनीहरूको रहेको छ । कृषि प्रयोजनमा मात्र वार्षिक साढे तीन लाख मेट्रिक टन मल खपत हुने गरेको तथ्याङ्क आफूहरूले भारतबाट आएका प्रतिनिधिलाई जानकारी गराएको बताउँदै उहाँले कृषिबाहेक अन्य ठाउँमा कहाँ कहाँ मल खपत हुन्छ, त्यो आफूहरूको जानकारीमा नरहेको बताउनुभयो ।

नेपालले निर्यात गरी बिक्रीवितरण गर्ने तथ्याङ्क नै आफूहरूसँग रहेको र त्यसबारेमा नै जानकारी गराएको बताउँदै उहाँले मल अन्य कुरामा पनि खपत हुने गरेको छ तर त्यसको आधिकारिक जानकारी आफूहरूसँग नरहेको बताउनुभयो ।

तर साढे तीन लाख मेट्रिक टनभन्दा धेरै बढी मल नेपालमा खपत हुन्छ, त्यसको तथ्याङ्क कसैसँग छैन । भारतबाट आएका प्रतिनिधिले समेत साढे तीन लाखभन्दा धरै बढी मल नेपालमा खपत हुने गरेको कुरा आफूहरूको जानकारीमा रहेको धारणा छलफलमै राखेको निर्देशक पाण्डेले बताउनुभयो ।

मल कारखाना ग्यासबाट सञ्चालन गर्ने हो, त्यो नेपाल कसरी ल्याउने, नेपालमा उत्पादन गरेपछि भारतको सीमा क्षेत्रमा निर्यात गर्न दिन्छ कि दिँदैन, तराई मधेशको समथल भूभागमा कारखाना खोल्न दिन्छ कि दिँदैन भन्ने जिज्ञासा भारतीय पक्षको रहेको नार्कले जनाएको छ ।

भारतबाट आएका प्रतिनिधिले सरोकारवालासँग छलफल गरी समान्य जानकारी लिएर फर्केका छन् । त्यसका बारेमा थप अध्ययन अनुसन्धान गर्न दुवै देशका तर्फबाट कार्यदल चाँडै बन्ने बताइएको छ ।

छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई नेतृत्वको प्रतिनिधि र भारतका मल मन्त्रालयका तर्फबाट रसायन विभागका निर्देशक नीराजन लाल नेतृत्वको प्रतिनिधिले असोज २५ गतेको गरेको गरेको छलफलमा नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधि र कृषि मन्त्रालय मातहतका अन्य निकायका प्रतिनिधिको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक