बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्वविद्यालय विधेयक संसद्मा २०८० पेस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वविद्यालय विधेयक संसद्मा २०८० पेस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सङ्घीय संसद्को माथिल्लो सदनमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेस भएको छ । विधेयक पेस भएपछि बहस सिर्जना भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छुट्टाछुट्टै पठनपाठन भइरहेको मेडिकल कलेजलाई एकीकरण गर्न सकिन्छ वा एउटै छातामुनि ल्याउन सकिन्छ कि भन्नेतर्फ सोच्न सकिने बताउनुभयो । संसद्मा विचाराधीन सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन/अध्यापनमै समर्पित हुने छ । राष्ट्रिय सभामा सैद्धान्तिक छलफलका क्रममा सदस्यहरू देवेन्द्र दाहाल, पार्वती रावल थापालगायतले चिकित्सा विज्ञानसम्बन्धी शिक्षण संस्थालाई एउटै छातामुनी ल्याउनुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।

विश्वविद्यालय स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार विकासको अधिकांश कार्य सम्पन्न भइसकेको छ तर कानुन अभावमा उक्त विश्वविद्यालयको प्राज्ञिक कामकाज सुरु हुन सकेको छैन । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध करिब २४ वटा मेडिकल कलेज हाल सञ्चालनमा छन् ।

सुदूरपश्चिमको गोदावरी नगरपालिका–५, गेटामा केन्द्रीय कार्यालय रहने विश्वविद्यालय निर्माणका लागि तत्कालीन अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२/७३ मा पहिलो पटक बजेट विनियोजन गर्नुभएको थियो । गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय २०६६ सालमा नै भएको हो तर सात वर्षपछि मात्रै बजेट विनियोजन भए पनि हालसम्म ५३ वटा भौतिक संरचना निर्माण भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोही संरचनामा शिक्षण अस्पतालसहितका प्राज्ञिक तथा स्वास्थ्य सेवातर्फका कार्यक्रम सञ्चालन हुने छ ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला स्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा गरिएको छ । सञ्चालनमा रहेका अन्य विश्वविद्यालयमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको प्रत्यक्ष संलग्नतामा उपकुलपतिको नियुक्ति हुँदै आएका थिए ।

उपकुलपतिको नियुक्तिबारे भनिएको छ, “विश्वविद्यालय सभाको सदस्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने छ ।” उक्त समितिले खुला स्पर्धाका लागि आह्वान गर्ने र परेको आवेदनमध्येबाट बढीमा सात र कम्तीमा तीन जना उम्मेदवारको सङ्क्षिप्त सूची तयार गरी त्यस्ता उम्मेदवारको अन्तर्वार्ता लिने विधेयकमा व्यवस्था गरिएको छ ।

समितिले सबैभन्दा योग्य दुई जनाको नाम सभामा सिफारिस गर्ने र सिफारिस भएकामध्येबाट एक जनालाई सभाले तीस दिनभित्र उपकुलपति नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले खुला स्पर्धाबाट आउने पदाधिकारी तथा प्राज्ञिक नेतृत्वले पठनपाठनलाई प्रभावकारी र गुणस्तरीय बनाउन समर्पित रहने तथा विधेयक छलफलका क्रममा आउने सुझाव तथा संशोधनले चिकित्सा शिक्षामा एसियाकै उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित हुन सहयोग पुग्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

५ घण्टा अगाडि
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रम शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक